पुन संचालनमा आउदै बीबी एयरवेज, भवन भट्टले किनेको बोइङ दिल्ली उडाइने


प्रकाशित मिति : आश्विन २७, २०७४ शुक्रबार

भवन भट्टको टिबीआई समूह अन्तर्गत रहेको बीबी एयरवेजले किनेको नेपाल एयरलाइन्सको बोइङ ७५७ दिल्ली उडाइने भएको छ ।बीबी एयरवेजले सो बोइङ १५ करोड रुपैयाँमा किनेको जनाइएको हो । बोइङ मर्मतपछि काठमाडौं नयाँ दिल्ली मात्र उडान गर्ने जनाइएको छ ।

फेरि संचालनमा आउन लागेको बीबी एयरवेजको सुरूवात नेपाल एयरलाइन्सको बोइङबाट हुन लागेको हो । निगमले सार्वजनिक उडान गर्न नमिल्ने भन्दै पुरानो जहाज बेच्ने निर्णय गरेको थियो।४ महिनाभित्रमा जहाज मर्मत गरेर दिल्ली उडान थाल्ने योजना रहेको छ ।

बीबी एयरवेजले नेपालमा यसअघि एयरबस लिजमा लिएर २०६९ साल भदौ ८ गते व्यवसायिक उडान थालेको थियो। पहिलो उडान मलेसिया गरेको थियो। उडान सुरू भएको ३ महिनामा सेवा बन्द भएको थियो।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com