थपिएन २० बर्षदेखिको सुडानको टीपीएस, नेपालको के होला ?


प्रकाशित मिति : आश्विन २६, २०७४ बिहीबार

सन् १९९७ देखि सुडानका नागरिकहरुले अमेरिकामा पाइरहेको टेम्पोरेरी प्रोटेक्टेड स्टेटस टीपीएस समाप्त हुने भएको छ । बुधबार फेडेरल रजिस्टरमा प्रकाशित सुचना अनुशार सुडानको टीपीएस अवधि सन् २०१८ को नोभेम्बर २ मा समाप्त हुने भएको छ ।

सुडानको अवस्थामा सुधार आएको भन्दै अमेरिकी सरकारले अमेरिकामा रहेका सुडानका नागरिकका लागि टीपीएसको अवधि सन् २०१८ को नोभेम्बर २ पछि नथप्ने निर्णय गरेको हो । सुडानमा भएको शशस्त्र बिद्रोहका कारण अमेरिकामा रहेका सुडानी नागरिकहरुलाई अमेरिकाले टीपीएस प्रदान गर्दै आएको थियो । जसका कारण अमेरिकामा रहेका कागजपत्रविहिन सुडानी नागरिकहरुले वर्क परमिट प्राप्त गरेर देशनिकालाको डरविना काम गर्दै आएका थिए । अब भने उनीहरुले सन् २०१८ को नोभेम्बर २ पछि अमेरिका छाड्नुपर्ने भएको छ । सुडानका झण्डै ५ सय जनाले अमेरिकामा टीपीएस प्राप्त गरेका थिए ।

रिपब्लिकनहरु टीपीएस नीतिप्रति नै सकारात्मक नरहेको सन्दर्भमा नेपालको टीपीएसको अवधि थपिनेमा आशंका रहेको छ । झण्डै १० हजार नेपालीहरु अमेरिकामा टीपीएसबाट संरक्षित छन् । कागजपत्रविहिन नेपालीहरुले टीपीएस प्राप्त गरेर अमेरिकामा डिपोर्टेशनको डरविना काम गर्दै आएका छन् । नेपालको टीपीएसको अवधि सन् २०१८ को जुन २४ सम्म रहेको छ । त्यसपछि थपिने वा नथपिनेमा भने आशंका रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com