मुटुरोगी दलमर्दनलाई अन्तराष्ट्रिय नेपाली समाजकाे सहयोग


प्रकाशित मिति : भाद्र २६, २०७३ आईतबार

मुटुरोग पीडित दलमर्दन कामीलाई नयाँ शक्तिले आर्थिक सहयोग गरेको छ । आइतबार नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा पीडितलाई संयोजक डा. बाबुराम भट्टराईले रु १ लाख १८ हजार ८१० नगद सहयोग हस्तान्तरण गर्नुभएको हो ।
हस्तारन्तरण गरिएको सहयोग रकम नयाँ शक्तिको प्रवास प्रादेशिक समिति अन्तर्गत कतार, बेलायत, इजरायल र जापानबाट प्राप्त भएको प्रवाश समितिका संयोजक नवराज सुवेदीले बताउनुभयो ।
उहाँले यसअघि पनि पीडित दलमर्दन कामीलाई रु. ७१ हजार सहयोग गरिएको बताउनुभयो । १५ वर्षदेखि निरन्तर राजनीतिमा लागेका कामी हाल नयाँ शक्ति पार्टी नेपालको आमन्त्रित कार्यसमिति सदस्य हुनुहुन्छ । सुनसरी निवासी ४३ वर्षीय कामी हाल काठमाडौंस्थित गंगालाल हृदयरोग केन्द्रमा उपचाररत हुनुहुन्छ ।
उहाँले मुटुमा तीन सेन्टिमिटरको प्वाल परेको बताउनुभयो । सल्यक्रियाका लागि आर्थिक स्रोत संकलन गर्न नयाँ शक्ति पार्टीकी नेतृ कमला हिमचुरी, देव लिम्बु र पत्रकार नवराज बस्नेतको अगुवाइमा दलमर्दन कामी बचाउ अभियान क्रियाशील रहेको उहाँले जानकारी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com