अमेरिकी सेनाद्वारा लागुऔषध तस्करी गर्ने डुंगामा आक्रमण : ११ जनाको मृत्यु
प्रकाशित मिति : भाद्र १६, २०८२ मंगलबार
अमेरिकाले लागुऔषध बोकेको एउटा डुंगामाथि आक्रमण गरेको छ । आक्रमणमा ११ जना लागुऔषध तस्करीमा सम्लग्नहरु मारिएका छन ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी क्यारिबियन क्षेत्रमा अमेरिकी सेनाले हमला गरेर ११ जना लाई मारेको जानकारी दिएका हुन । मारिनेहरु सबै “नार्को–आतङ्ककारी” रहेको उनले दाबी गरेका छन । नार्को–आतङ्ककारी भनेको लागुऔषध तस्करीसँगै हिंसात्मक अपराध गर्ने आतङ्कवादी समूहलाई बुझिन्छ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत यो सैन्य कारबाही भेनेजुएलाको ‘ट्रेन दे अरागुवा ग्याङ’ का सदस्यहरूलाई लक्षित गरी गरिएको बताएका छन्। अमेरिकी सेनाले अवैध रूपमा अमेरिकातर्फ लागुऔषध लैजाँदै गरेको उक्त डुंगामाथि आक्रमण गरेको हो। ट्रम्प प्रशासनले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोविरुद्ध सैन्य र राजनीतिक दबाब बढाइरहेको छ।
अमेरिकी सरकारले मदुरोलाई पक्राउ गर्न सहयोग गर्ने वा सूचना दिने व्यक्तिलाई ५० मिलियन डलर इनाम दिने घोषणा पनि गरेको छ। यसको प्रतिक्रियामा मदुरोले भने अमेरिकाले आक्रमण गरे भेनेजुएलाले त्यसको प्रतिरोध गर्ने चेतावनी दिएका छन्।
ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकी सेनाले भेनेजुएलाको नजिकै लागुऔषध बोकेको डुङ्गा ध्वस्त पारेको र त्यसमा ठूलो मात्रामा लागुऔषध रहेको दाबी गरे।
विदेशमन्त्री मार्को रुबियोले पनि अमेरिकी सेनाले भेनेजुएलाबाट हिँडेको लागुऔषध बोकेको डुंगामाथि घातक आक्रमण गरेको र उक्त लागुऔषध अमेरिकाले घोषणा गरेको आतङ्कवादी संगठनमार्फत अमेरिका पठाइँदै गरेको बताए। तर, डुङ्गामा कुन किसिमको लागुऔषध थियो भन्ने विवरण भने स्पष्ट भएको छैन।
सन् २०२५ जनवरीमा ह्वाइट हाउस फर्किएपछि ट्रम्प प्रशासनले मेक्सिको र ल्याटिन अमेरिकाका लागुऔषध तस्करी समूहहरूलाई आतङ्कवादी संगठनको सूचीमा राख्दै आएको छ।
अमेरिकी सेनाले हालै ४,००० भन्दा बढी मरीन र नाविकहरूलाई लातिन अमेरिका र क्यारिबियन वरिपरि तैनाथ गरेको छ । यसले अमेरिकी राष्ट्रपति ट्रम्पलाई लागुपदार्थ कारोवारीविरुद्ध प्रत्यक्ष सैन्य कारबाही गर्न विकल्प दिएको छ।
ट्रम्प प्रशासनले अमेरिकामा लागुऔषधको प्रवाह रोक्नका लागि सैन्य शक्ति प्रयोग गर्ने सङ्केत बारम्बार दिइरहेको छ। एजेन्सीहरुको सहयोगमा








