अमेरिकी राष्ट्रपति ट्रम्पको आलोचना गर्ने कर्मचारी निलम्बनमा


प्रकाशित मिति : भाद्र १०, २०८२ बुधबार

अमेरिकामा राष्ट्रपति ट्रम्पको आलोचना गरेको आरोपमा संघीय आपतकालीन व्यवस्थापन एजेन्सी (फेमा) का २० भन्दा बढी कर्मचारीलाई निलम्बन गरिएको छ।

उनीहरूलाई ‘प्रशासनिक बिदा’मा राखिएको बताइएको छ। निलम्बितमध्ये धेरैले हालसालै एउटा सार्वजनिक पत्रमा हस्ताक्षर गरेका थिए। उक्त पत्रमा ट्रम्प प्रशासनले गरेको बजेट कटौती, हस्तक्षेप र नीति परिवर्तनका कारण भविष्यमा हुरिकेन कट्रिनाजस्तै अर्को ठूलो विपत्ति आउन सक्ने चेतावनी दिइएको थियो।

एजेन्सीका प्रवक्ताका अनुसार, ‘दशकौंदेखि कम क्षमता भएका कर्मचारीहरूले अहिले सुधारको विरोध गर्नु अचम्मको कुरा होइन।’ उनले ‘पुराना प्रणालीमा अडिएकाहरूलाई परिवर्तन सधैँ कठिन हुने’ बताए।

ट्रम्पले पदभार ग्रहण गरेलगत्तै फेमा मा ठूलो सुधार गर्ने प्रक्रिया सुरु गरेका थिए। उनले प्राकृतिक विपद् व्यवस्थापनमा राज्यस्तरीय अधिकारीहरू नै बढी सक्षम हुने तर्क राखेका छन्। यसैबीच, यस वर्षको सुरुदेखि नै एजेन्सीका करिब एक तिहाइ कर्मचारीले जागिर छोडिसकेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निलम्बित कर्मचारीमध्ये कम्तीमा दुईजना हालै टेक्सासको घातक बाढी उद्धार कार्यमा संलग्न थिए। उक्त बाढीमा २७ बालबालिकासहित धेरै मानिसको ज्यान गएको थियो, जसमध्ये केही एक समर क्याम्पमा सहभागी थिए।

हालै टेक्सासमा आएको घातक बाढी र ट्रम्पको दोस्रो कार्यकालमा गरिएका कदमहरूले अमेरिकाको विपद् व्यवस्थापन क्षमतामा नयाँ प्रश्नहरू खडा गरेका छन्।

जनवरीमा पदभार ग्रहण गरेलगत्तै ट्रम्पले संघीय आपतकालीन व्यवस्थापन एजेन्सी (फेमा) लाई “समाप्त” गर्ने सम्भावनाबारे कुरा गर्दै एजेन्सीमा ठूला सुधारहरू गर्ने प्रक्रिया अघि बढाएका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com