लेजियोनेयर्स रोगका कारण न्यूयोर्क सिटीमा ४ जनाको मृत्यु, यसबाट कसरी जोगिने ?


प्रकाशित मिति : भाद्र ४, २०८२ बिहीबार

अमेरिकाको न्यूयोर्क सिटीस्थित हार्लेम क्षेत्रमा लेजियोनेयर्स रोगका कारण चार जनाको मृत्यु भएको छ। यो रोग तीव्र प्रकारको निमोनिया हो। यसले ज्यान लिन सक्ने खतरा रहने चिकित्सकहरूले बताएका छन्।

न्यूयोर्क सिटी स्वास्थ्य विभागका अनुसार हालसम्म ९९ जना संक्रमित भेटिएका छन् । १७ जना अस्पतालमा उपचाररत छन्।

स्वास्थ्य अधिकारीहरूले रोगको प्रकोपको स्रोत १० वटा भवनमा रहेका १२ वटा कुलिङ टावरमा पाइएको बताएका छन्। त्यहीँबाट जीवाणु बढिरहेको देखिएको थियो। तीमध्ये एक अस्पताल र स्वास्थ्य क्लिनिक पनि समावेश छन्।

यी टावरहरू हार्लेमका विभिन्न स्थानमा रहेका छन्, जसमा सिटी युनिभर्सिटी अफ न्युयोर्कको भवन र हार्लेम अस्पताल केन्द्र पनि पर्छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्वास्थ्य अधिकारीहरूले लक्षण देखिएका जोकोहीलाई तुरुन्त स्वास्थ्य परीक्षण गर्न आग्रह गरेका छन्। मेयर एडम्सले स्थिति नियन्त्रणमा रहेको, हावामा कुनै जोखिम नरहेको र खानेपानी वा पानी आपूर्ति सुरक्षित रहेको बताएका छन्।

लेजियोनेयर्स रोग के हो?

यो रोग दुर्लभ मानिन्छ। क्लीभल्यान्ड क्लिनिकका अनुसार, अमेरिकामा हरेक वर्ष कम्तीमा १८ हजार बिरामी यो रोगका कारण अस्पताल भर्ना हुने गरेका छन्।

यस रोगका लक्षणहरूमा उच्च ज्वरो, खोकी (कहिलेकाहीँ कफमा रगत देखिन सक्ने), छाती दुख्ने, सास फेर्न गाह्रो हुने, टाउको दुख्ने, मांसपेशी दुख्ने, र कहिलेकाहीँ पेट दुख्ने, वान्ता वा डायरिया हुनसक्ने रहेका छन्।

यसका लक्षणहरू २ देखि १० दिनसम्म देखिन्छन्। उपचार नपाएमा यस रोगका कारण हुने मृत्युदर १० देखि २५ प्रतिशतसम्म रहेको छ।

यो रोग मानिसबाट मानिसमा सर्दैन। बरु, हावामा फैलिएको धुवाँ वा बाफ मार्फत यसको संक्रमण हुन्छ।

लेजियोनेला ब्याक्टेरिया तातो र स्थिर पानीमा बढ्छ। भवनका कुलिङ टावरको तल्लो भागमा यस्तो पानी जम्मा हुने गर्दछ।

५० वर्षभन्दा माथिका मानिस र धूम्रपान गर्नेहरूलाई यस रोगबाट गम्भीर जटिलता हुने गर्दछ। चिकित्सकहरूका अनुसार यो उमेर समूहका व्यक्तिको फोक्सो बिग्रनुका साथै मृत्यु समेत हुने सम्भावना बढी हुन्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com