अमेरिकी पूर्वी तटमा चक्रवात एरिनको उच्च जोखिम, सतर्कता अपनाउन सुझाव


प्रकाशित मिति : भाद्र १, २०८२ सोमबार

फोटो : रासस

चक्रवात एरिन क्याटेगोरी ४ को आँधीबेहरीमा परिणत भएको छ। यसले अमेरिकी पूर्वी तटमा जनजीवनलाई खतरामा पार्ने अनुमान गरिएको छ।

यो आँधीबेहरीबाट उत्पन्न वर्षा दक्षिण-पूर्वी बहामास र टर्क्स एन्ड कैकोस टापुहरूमा सुरु भइसकेको छ, जहाँ चेतावनी जारी गरिएको छ।

यद्यपि, एरिन सिधै टापुहरूमा प्रवेश गर्ने अपेक्षा गरिएको छैन, तर टर्क्स एन्ड कैकोस र पूर्वी बहामासमा करिब १५.२ सेन्टिमिटरसम्म वर्षा गराउन सक्ने पूर्वानुमान गरिएको छ।

एरिन, सन् २०२५ को अटलांटिक मौसमको पहिलो चक्रवात हो। यो शनिबार “विस्फोटक रूपमा सशक्त” हुँदै क्याटेगोरी ५ मा पुगेको थियो। केही समय कमजोर भए पनि अहिले पुनः बलियो हुँदै क्याटेगोरी ४ मा पुगेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हावाका साथ बहामासको पूर्वतर्फ बढिरहेको राष्ट्रिय हरिकेन केन्द्रले जनाएको छ।

ब्रिटिस क्षेत्राधिकारमा पर्ने टर्क्स एन्ड कैकोसमा अधिकारीहरूले सबै सार्वजनिक सेवा निलम्बन गरेका छन्। जोखिमयुक्त क्षेत्रका नागरिकलाई आपत्कालीन तयारी गर्न निर्देशन दिइएको छ।

मौसमविद्हरूको पूर्वानुमानअनुसार एरिनको मूल भाग बहामासको दक्षिण-पूर्वी भागको पूर्व हुँदै बर्मुडा र अमेरिकी पूर्वी तटबीचबाट यसै साताको मध्यतिर जानेछ। यस अवधिभर यो “ठूलो र खतरनाक आँधी” रहनेछ।

अमेरिकाको नर्थ क्यारोलिनाको आउटर बैंकस क्षेत्रमा ठूलो हावाहुरी र समुद्री लहरको उच्च जोखिम छ।

पूर्वानुमानकर्ताहरूले सम्पूर्ण अमेरिकी पूर्वी तटमा खतरनाक रिप टाइड्स (समुद्री धार)को चेतावनी दिएका छन्।

नर्थ क्यारोलिनाको विलमिङ्टन नजिकै मात्रै कम्तीमा ६० जना पौडी खेल्नेहरूलाई खतरनाक धाराबाट उद्धार गरिएको छ।

अमेरिकी नेसनल हरिकेन सेन्टरका विशेषज्ञ डेव रोबर्ट्सका अनुसार बुधबार वा बिहीबारसम्म आँधी आउटर बैंकसमा ठूला छाल र तेज हावा ल्याउन सक्छ।

मंगलबारदेखि बिहीबारसम्म आउटर बैंकसमा तटीय बाढी आउने अनुमान छ। ह्याटेरस टापु र ओक्राकोकमा सोमबारदेखि नै अनिवार्य उद्धारको आदेश दिइएको छ।

२०१९ मा आएको हरिकेन डोरियनपछि ओक्राकोक टापु पहिलो पटक खाली गरिएको हो।

वैज्ञानिकहरूले यस्ता आँधीहरूको तीव्र वृद्धि जलवायु परिवर्तनसँग जोडिएको बताएका छन्। समुद्रको तापक्रम बढ्दै जाँदा आँधीलाई अझ शक्तिशाली र छिटो बलियो बन्न इन्धन मिल्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com