रुससँगको तनाव बढ्दै जाँदा अमेरिकाद्वारा आणविक पनडुब्बी तैनाथ
प्रकाशित मिति : श्रावण १७, २०८२ शनिबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुईवटा अमेरिकी नौसेनाका आणविक पनडुब्बीहरूलाई ूउपयुक्त क्षेत्रहरूू मा पठाउन आदेश दिएका छन् ।
यो कदम रुसका पूर्व राष्ट्रपति तथा हाल सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेढभेदेभका टिप्पणीहरूप्रति प्रतिक्रिया स्वरूप गरिएको हो।
ट्रम्पले ट्रुथ सोसियल मा लेखेका छन्, ‘हामी तयारी अवस्थामा रहनुपर्छ भन्ने सोचका साथ मैले दुई आणविक पनडुब्बीहरूलाई उपयुक्त स्थानहरूमा तैनाथ गर्न आदेश दिएको छु, ताकि ती मूर्खतापूर्ण र उत्तेजक बयानहरू केवल भनाइ मात्रै होइनन् भने पनि हामी तयार रहौं।’
तर ट्रम्पले कुन प्रकारका पनडुब्बी कहाँ पठाइएको भन्ने खुलाएका छैनन् । अमेरिकी रक्षा मन्त्रालयले पनि यस्ता घटनाबारे सामान्यतः विस्तृत जानकारी दिँदैन ।
अमेरिकी नौसेनासँग तीन प्रकारका आणविक स्वचालित पनडुब्बीहरू छन् । यद्यपि, तीमध्ये केवल एक वर्गले मात्र आणविक हतियार बोक्छ ।
अमेरिकासँग ब्यालेस्टिक मिसाइल पनडुब्बी संख्या १४ रहेको छ । गुप्त रूपमा आणविक हतियार डेलिभर गर्ने यसको क्षमता हुन्छ । यसको दायरा ७ हजार ४०० किलोमिटर रहेको छ ।
अटलान्टिक, प्यासिफिक, इन्डियन वा आर्कटिक महासागरबाट नै रुसलाई निसाना बनाउन सक्ने यसको क्षमता यो हतियारको छ । अत्यन्त गुप्त, पहिलो प्रहारपछिको प्रतिशोध सुनिश्चित गर्न सक्षम यो हतियार रहेको छ ।
राष्ट्रपति ट्रम्पको पछिल्लो आदेशले अमेरिकाले मेढभेदेभको सामाजिक सञ्जालमा गरिएको आणविक संकेतलाई गम्भीर रूपमा लिएको देखिन्छ।
तर कुन प्रकारको पनडुब्बी कहाँ तैनाथ गरिएको भन्ने जानकारी हालसम्म सार्वजनिक गरिएको छैन ।
अमेरिकाले आफ्नो पनडुब्बी गतिविधिलाई गोप्य राख्ने नीति अपनाउने भएकाले यस्ता जानकारीहरू प्रायः गोप्य नै रहन्छन् ।
यो आदेशले केवल चेतावनी दिने उद्देश्य राखेको हो वा थप कूटनीतिक सैन्य कदमहरू आउने संकेत हो त्यो हेर्न भने बाँकी नै रहेको छ।








