जापानवासी नेपालीलाई अनलाइनबाट स्वास्थ्योपचार


प्रकाशित मिति : आश्विन २३, २०७४ सोमबार

भाषा नबुझेर स्वास्थ्य समस्यामा परेका नेपालीलाई लक्षित गरी जापानका अस्पतालमा कार्यरत पा“चजना डाक्टरले इन्नो सेवा हेल्पलाइन सञ्चालनमा ल्याएका छन् ।

अनलाइन प्रविधिमा आधारित हेल्पलाइनमार्फत समस्या भएका नेपालीले सहज रुपमा उपचार पाउने आयोजकले जनाएका छन् । लामो समयदेखि जापानमा बसोवास गर्दै आएका डा उज्ज्वल न्यौपाने, लुसन चालिसे, प्राविधिक इञ्जिनियर हरेन्द्र भण्डारी, पवन मिश्र र नृपेन्द्र श्रेष्ठको पहलमा यससम्बन्धी अनलाइन सञ्चालनमा ल्याइएको हो ।

कुकदेखि पारिवारिक, व्यावसायिक र अध्ययनमा जापान आउने दरमा भएको वृद्धिसँगै विभिन्न प्रकारका समस्या थपिँदै गएपछि समाधानका लागि हेल्पलाइन अनलाइन शुरु गरिएको हो ।

जापानका विश्वविद्यालयमा अध्ययनपछि उच्चस्तरीय अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरूले शुरु गरेको यो प्रविधिअन्तर्गत निःशुल्क रुपमा समस्या सुन्ने, जापानी भाषामा उल्था गर्ने र सम्बन्धित अस्पतालबारे जानकारीलगायतका काम हुने डा न्यौपानेले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भाषा नबुझेर समस्यामाथि समस्या नथपियोस् भन्नका लागि पा“चजना मिलेर संयुक्तरुपमा गरिएको यो कार्यमा अहिले नौ जनाको समूह बनेको छ । डा सन्दिप शाक्य, दीपेन्द्र गौतम, मेलिसा रञ्जित र विजय ज्ञवालीसमेत गरी नौ जनाको समूहले स्वास्थ्य समस्या र जीवनयापनको उपायबारे जानकारी गराइन्छ ।

जापानवासी नेपालीले स्वास्थ्य समस्या भन्न नसकेर मर्न नपरोस् भनेर चिकित्सकलाई अनलाइनबाट प्रश्न गर्ने गरेका छन् । फोन, मोबाइल वा अन्य माध्यमबाट प्रत्यक्ष बोलेर समस्या राख्दा हुने असहजतालाई ध्यान दिँदै अनलाइन प्रविधि अपनाइएको संलग्न चिकित्सकको भनाइ छ ।

अधिकांश नेपालीमध्ये लामो समयदेखि काममा खटिने महिला र पुरुषलाई स्वास्थ्य समस्या हुने गरेको छ । दिनभर काम गरेर घर फर्केका र छुट्टिको समयमा समस्या राख्नेलाई चिकित्सकले पनि अनलाइनबाटै समाधानको उपायबारे जानकारी दिन टोकियोमा हालै एक कार्यक्रम पनि आयोजना गरिएको थियो ।

कार्यक्रमबारे जानकारी लिएपछि नेपाली राजदूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले इन्नो सेवा हेल्पलाइनलाई थप प्रभावकारी बनाउन सके जापानवासी नेपालीले फाइदा लिनसक्ने बताउनुभयो ।

जापानमा स्वास्थ्य बीमा भएमा अधिकाश उपचारमा ३० प्रतिशतमात्र रकम तिरेपुग्ने भए पनि बीमा गर्न नखोज्ने र रोगले गालेपछि उपचारका लागि अस्पताल जाँदा निको नभई नेपाल फर्किंदा बाटोमै ज्यान गुमेको घटना जापानवासी नेपालीले भोग्दै आएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com