अमेरिका लगाएत प्रशान्त क्षेत्रभर दिइएको सुनामीको चेतावनी हटाइयो


प्रकाशित मिति : श्रावण १४, २०८२ बुधबार

रुसको सुदूर पूर्वमा आएको शक्तिशाली भूकम्पपछि प्रशान्त क्षेत्रभरको दिइएको सुनामी चेतावनी हटाइएको छ ।

विश्वकै शक्तिशाली भूकम्पहरूमध्ये एक रुसको कमचात्का प्रायद्वीप नजिकै बुधबार स्थानीय समयअनुसार बिहान ११ बजेर २५ मिनेटमा गएको ८.८ म्याग्निच्युडको भूकम्पपछि प्रशान्त महासागरभर सुनामीको उच्च चेतावनी जारी गरिएको थियो ।

रुस, जापान र अमेरिकी राज्य हवाईलगायतका क्षेत्रहरूबाट करिब २० लाख मानिसलाई सुरक्षित स्थानतर्फ जान निर्देशन दिइएको थियो। यद्यपि, भूकम्पको तीव्रता उच्च भए पनि अहिलेसम्म ठूलो क्षति वा मानवीय क्षतिको रिपोर्ट आएको छैन।

हवाईको ओआहुमा १.२ मिटर र माउइमा १.७ मिटर अग्लो लहर आएको थियो। हजारौं मानिस उच्च स्थानतर्फ भागेका थिए। राज्यका गभर्नर जोश ग्रीनले यो साधारण लहर होइन,यदि सुनामीले छोयो भने मर्न सक्नुहुन्छ भनेर चेतावनी दिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्यासिफिक सुनामी चेतावनी केन्द्र ले हवाईको चेतावनीलाई सल्लाहको तहमा झारेको छ । जसको अर्थ हो—बलियो लहर, धार वा सानो बाढी आउन सक्छ, तर ठूला स्तरको सुनामीको सम्भावना कम भएको छ ।

अमेरिकाको पश्चिमी तट क्यालिफोर्नियाको क्रेसन्ट सिटीमा १।०९ मिटरको लहर मापन गरिएको थियो । सन फ्रान्सिस्कोमा ०.७ मिटर र लस एन्जलसको पोर्ट सन लुइसमा ‘तीव्र र हानिकारक ज्वारभाटा’देखिएको थियो।

क्यानडाको ब्रिटिश कोलम्बियामा सुनामी सल्लाह जारी गरिएको थियो । तर पछि हटाइएको छ। भूकम्प सुरु भएको रुसको सेभेरो कुरील्स्क जस्तो तटीय शहरमा ५ मिटर अग्लो लहर आएको थियो । तर समयमै स्थान खाली गरिएकाले ठूलो मानवीय क्षति भएको छैन।

कमचात्काको पेत्रोपाभ्लोभ्स्क कामचात्स्की शहरका केही भवनहरू क्षतिग्रस्त भएका छन् । तर गम्भीर घाइतेको रिपोर्ट छैन । यस्तै, क्ल्युचेभ्स्कोय ज्वालामुखीमा पनि ज्वालामुखी विस्फोट सुरु भएको छ । रातो लावा पश्चिमी ढलानतर्फ बगिरहेको देखिएको छ।

जापानमा करिब २० लाख मानिसलाई स्थानान्तरण गरिएको थियो । इवाते प्रान्तमा १ मिटरभन्दा अग्लो लहर आएको थियो।

फुकुशिमा आणविक केन्द्रमा सबै ४ हजार कर्मचारीलाई हटाइएको थियो । प्रधानमन्त्री शिगेरु इसिबाले अहिलेसम्म कुनै ठुलो क्षति भएको खबर प्राप्त नभएको बताएका छन ।

बुधबारको भूकम्प ूप्यासिफिक रिङ अफ फायरू भित्र परेको हो । जहाँ विश्वका करिब ८० प्रतिशत भूकम्पहरू हुन्छन् । कमचात्का, जापान, फिलिपिन्स, र अमेरिका लगायत प्रशान्त तटका धेरै भागहरू यस क्षेत्रमा पर्छन् ।

यो भूकम्प इतिहासकै छैठौं शक्तिशाली भूकम्पमध्ये एक हो । सन् १९५२ मा कमचात्कानजिकै ९.० म्याग्निच्युडको भूकम्प आउँदा १२ मिटर अग्लो सुनामी आएको थियो।

यस पटक भने समयमै चेतावनी र स्थानान्तरण गरिएकाले ठूलो विपत्ति टरेको अधिकारीहरुले बताएका छन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com