अमेरिका-ईयू व्यापार सम्झौताले बेलायतलाई अप्रत्याशित फाइदा, १५ प्रतिशत भन्सारले घटायो प्रतिस्पर्धा


प्रकाशित मिति : श्रावण १३, २०८२ मंगलबार

अमेरिका र युरोपेली संघ (ईयू)बीच भएको नयाँ व्यापार सम्झौताले बेलायतलाई अप्रत्याशित लाभ दिलाउने अनुमान गरिएको छ।

सम्झौताअनुसार अब ईयूका सामानहरूमा अमेरिकी बजारमा १५ प्रतिशत भन्सार महसुल लाग्नेछ, जबकि बेलायतका सामानमा १० प्रतिशत महसुल मात्र लाग्नेछ।

आर्थिक विज्ञहरूका अनुसार, यसले बेलायती निर्यातलाई अमेरिकी बजारमा सस्तो बनाउनेछ, जसले गर्दा अमेरिकी कम्पनीहरूले ईयूको सट्टा बेलायतबाट सामान खरिद गर्ने सम्भावना बढ्नेछ।

इन्भेस्टेकका प्रमुख अर्थशास्त्री फिलिप शले अनुसार, “१५ प्रतिशत महसुलले बेलायतका निर्यात वस्तुहरू तुलनात्मक रूपमा सस्ता देखिन्छन्, जसले बेलायती व्यापारलाई अमेरिकासँग बलियो बनाउनेछ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यता, जर्मन बजार विश्लेषक एलेक्स आल्टम्यानले भने, “बेलायतको कम महसुल दरले ईयूका उद्योगहरूलाई बेलायतमा उत्पादन स्थान सार्न वा विस्तार गर्न प्रोत्साहन दिन सक्छ।”

तर, व्यापार कानुन विज्ञ बेथ म्याककले भने सम्झौताले बेलायतको सम्भावित फाइदा केही हदसम्म रोकिएको बताएकी छन्। “यदि अमेरिका ईयूका सामानहरूमा ३० प्रतिशत महसुल लगाउने योजनामा अडिग रहन्थ्यो भने बेलायतलाई अझ ठूलो प्रतिस्पर्धात्मक फाइदा हुने थियो,” उनले भनिन्।

यद्यपि ५ प्रतिशत भन्सार अन्तरले पनि केही बेलायती वस्तुहरूलाई प्रतिस्पर्धी बनाउनेछ, तर त्यसको प्रभाव विस्तारै मात्र देखिने विश्लेषकहरूको भनाइ छ।

ब्रेक्सिटपछि उत्पादन क्षमतामा रहेको खालि ठाउँका कारण बेलायतले यस अवसरलाई उपयोग गर्न सक्ने विश्लेषकहरूको निष्कर्ष छ। तर विज्ञहरूले चेतावनी दिन्छन्, “चाहे १० प्रतिशत होस् वा १५ प्रतिशत , ईयू र बेलायत दुवैले पहिलेको तुलनामा अमेरिकी बजारमा उच्च महसुल तिर्नुपर्नेछ, जसले दीर्घकालीन व्यापार वातावरणमा चुनौती थप्नेछ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com