अमेरिकामा पानी जहाज र डुंगा ठोक्किदा २ बालबालिकाको मृत्यु
प्रकाशित मिति : श्रावण १३, २०८२ मंगलबार
अमेरिकामा पानी जहाज र डुंगा एक आपसमा ठोक्किदा २ बालबालिकाको मृत्यु भएको छ । मियामीको बिस्केन बेमा डुंगा र बार्ज ठोक्किँदा दुई बालबालिकाको मृत्यु भएको हो ।
तट रक्षकका अनुसार, मियामीको बिस्केन बे मा पालवाला डुंगा र बार्ज अर्थात सामान ढुवानी गर्ने पानीजहाज एकआपसमा ठोक्किँदा यो घटना भएको हो ।
यो दुर्घटना मोनुमेन्ट आइल्यान्ड र हिबिस्कस आइल्यान्डको बीचमा भएको हो ।
फ्लोरिडा फिस एन्ड वाइल्डलाइफ कन्जर्भेसन कमिसन का अनुसार दुर्घटनापछि एक जना वयस्क र पाँच जना बालबालिका पानीमा खसेका थिए।
मियामी याच्ट क्लबले जारी गरेको विज्ञप्तिमा बालबालिका मियामी युथ सेलि फाउण्डेसनको गतिविधिमा सहभागी थिए।
६ जना मध्ये चार जना बालबालिकालाई तुरुन्त ज्याक्सन मेमोरियल अस्पताल पुर्याइएको थियो । तर दुई बालबालिकाको अस्पताल पुग्दासम्मै मृत्यु भइसकेको अमेरिकी तट रक्षकले पुष्टि गरेको छ।
पेटी अफिसर निकोलस स्ट्रासबर्गका अनुसार ठोक्किएपछि सेलबोट बार्जको तल गएको थियो । बालबालिकाहरूको उमेर कति थियो भन्नेबारे अहिलेसम्म खुलाइएको छैन ।








