महिलाको बयानमा अनियमितता देखिएपछि क्यानाडाली हक्की खेलाडीलाई सफाई


प्रकाशित मिति : श्रावण ८, २०८२ बिहीबार

यौन दुर्व्यवहारको आरोप लागेका पाँच जना क्यानाडाली आइस हक्की खेलाडीहरूले सफाई पाएका छन । एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप उनीहरुमाथि लागेको थियो ।

तर अन्टारियोका एक न्यायाधीशले खेलाडीहरु माइकल म्याक्लियोड, डिलन ड्युबे, क्याल फुट, एलेक्स फोर्मेन्टन र कार्टर हार्टलाई दोषमुक्त गरेका छन् । यो मुद्दा क्यानडामा निकै चासोका साथ हेरिएको थियो ।

सुनुवाइमा, न्यायाधीश मारिया क्यारोशियाले आठ हप्तासम्म चलेको मुद्दाको साक्षी र बयानहरू विस्तृत रूपमा समीक्षा गरेपछि पाँचै खेलाडीलाई निर्दोष ठहर गरेको बताइएको छ ।

यी खेलाडीहरू सन् २०१८ मा लन्डन, अन्टारियोमा भएको ‘हक्की क्यानाडा गाला’ कार्यक्रममा सहभागी भएका बेला होटलको कोठामा महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । पीडित महिलालाई ‘इएम’ को नाममा चिनाइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्यायाधीश क्यारोशियाले आरोप लगाउने महिलाको बयान विश्वासयोग्य र भरपर्दो नरहेको बताइन । अभियोजन पक्षले कुनै पनि मुद्दामा आफ्नो पक्षमा प्रमाणित गर्न नसकेको देखिएको छ ।

आरोपहरू सार्वजनिक भएका बेला एकजना बाहेका खेलाडी नेसनल हक्की लिगमा थिए । एक जना युरोपमा खेलिरहेका थिए। विवादको मुख्य बिन्दु थियो — के ती महिला ले सबै यौन क्रियाकलापमा सहमति दिएकी थिइन् ?

अदालतमा ती महिलाले दिएको बयान अनुसार म्याक्लियोडसँग सहमतिमा यौन सम्बन्ध भएको थियो । तर त्यसपछि अन्य खेलाडीहरू कोठामा प्रवेश गरेर यौन क्रियामा संलग्न भए । आरोप अनुसार, ती महिला त्यतिबेला मातेकी थिइन् र डराएको महसुस गरिरहेकी थिइन् ।

उनले भनिन्, उनले म्याक्लियोडसँग सहमतिमा सम्बन्ध राखेकी थिइन् । तर त्यसपछि भएका घटनाहरूमा सहमति उनले दिएकी थिइनन्।

न्यायाधीश क्यारोशियाले बयानमा अनियमितता देखियको बताइन । ती महिलाले प्रहरी र हक्की क्यानाडालाई फरक–फरक कुराहरू बताएकी थिइन्।

हालसम्म अभियोजन पक्षले अपिल गर्ने कि नगर्ने भन्ने स्पष्ट भएको छैन। तर सरकारी वकिल मेघन कनिङघमले यो मुद्दा निष्पक्ष सुनुवाइ भएको हो, जुन आरोपी पुरुषहरूका लागि मात्र होइन, ती महिलाका लागि पनि न्यायोचित हुन आवश्यक रहेको बताए ।

अदालतबाहिर देखिएका प्रदर्शनकारीहरुले“यो फैसला विनाशकारी रहेको भन्दै यो मुद्दाले आगामी दशकमा यौन हिंसासम्बन्धी मुद्दाहरूमा गहिरो प्रभाव पार्ने दाबी गरेका थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com