प्राविधिक समस्याले अस्थायी रूपमा स्थगित गरिएको अलास्का एयरलाइन्सका उडानहरू पुनः सुरु


प्रकाशित मिति : श्रावण ५, २०८२ सोमबार

अलास्का एयरलाइन्सले अस्थायी रूपमा स्थगित गरेको उडान सेवा सुचारु गरेको छ । आइतवार साँझ आफ्नो सूचना प्रविधि (आईटी) प्रणालीमा आएको खराबीका कारण सबै उडानहरू अस्थायी रूपमा स्थगित भएका थिए । करिब तीन घण्टापछि समस्या समाधान गर्दै एयरलाइन्सले पुनः सेवा सुचारु गरेको छ।

एयरलाइन्सका अनुसार प्यासिफिक समय अनुसार साँझ ८ बजे प्रणालीमा आएको गडबडीका कारण अलास्का र यसको सहायक होराइजन एयरका सबै उडानहरू रोकिएको थियो। “हाम्रो प्रणालीमा आएको समस्याले सञ्चालन प्रभावित गरेपछि हामीले सम्पूर्ण उडानहरूलाई अस्थायी रूपमा ग्राउन्ड स्टप गर्ने निर्णय गरेका थियौं”, एयरलाइन्सले एक विज्ञप्तिमा जनाएको छ।

लगभग राति ११ बजेपछि प्रणाली पुनः सुचारु भएपछि उडानहरू क्रमशः सञ्चालनमा फर्किएका छन्। तथापि, एयरलाइन्सले समस्याको बाँकी प्रभाव रातभरि रहन सक्ने जनाएको छ।

“यस असुविधाका लागि हामी यात्रुहरू समक्ष क्षमायाचना व्यक्त गर्छौं। कृपया यात्रा गर्नु अघि आफ्नो उडान स्थिति अनिवार्य रूपमा जाँच गर्नुहोस्”, विज्ञप्तिमा उल्लेख गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com