ट्रम्पले युक्रेनलाई भने : ‘मस्कोमाथि आक्रमण नगर’


प्रकाशित मिति : असार ३१, २०८२ मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले रुसको राजधानी मस्कोमा आक्रमण गर्न नहुने बताएका छन । ट्रम्पले युक्रेनलाई रुसमाथि आक्रमण तीव्र बनाउन प्रोत्साहित गरेको खबरहरु बाहिर आएपछि उनको यो टिप्पणी आएको हो।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लिभिटले ट्रम्प युद्ध रोक्न र हिंसा अन्त्य गर्न अहोरात्र खटिरहेको भन्दै युद्धलाई लम्व्याउने पक्षमा कहिल्यै पनि नरहेको बताइन ।

सोमबार ट्रम्पले युक्रेनलाई हतियार दिने घोषणा गरेका थिए । यदि ५० दिनभित्र युक्रेनसँगको युद्ध अन्त्यका लागि रसियाले सम्झौता नगरेमा थप महसुल लगाउने चेतावनी दिएका थिए।

यदि रूसले शान्ति सम्झौता नगरेमा बाँकी रहेका व्यापारिक साझेदारहरूलाई लक्षित गर्दै १०० प्रतिशत दोस्रो स्तरको ट्यारिफ लगाइने उनको भनाइ रहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस हतियार सम्झौतामा कुन कुन हतियार सामेल छन् भन्ने स्पष्ट नभए पनि ट्रम्पले प्याट्रिओट मिसाइलजस्ता रक्षात्मक हतियारसमेत समावेश हुने बताएका छन्।

नाटोका महासचिव मार्क रुट्टेले अमेरिकासहित युरोप र युक्रेन अहिले पनि सम्झौतामा सामेल हतियारहरूको विस्तृत विवरणमाथि काम गरिरहेको बताएका छन्।

हालैका हप्ताहरूमा रूसले युक्रेनमा ड्रोन र मिसाइल आक्रमणहरू बढाएको छ । संयुक्त राष्ट्रसंघका अनुसार जून महिनामा मात्रै २३० भन्दा बढी नागरिकको मृत्यु युक्रेनमा भएको छ । यो मृत्यु अहिलेसम्म कै धेरै हो ।

फाइनान्सियल टाइम्सका अनुसार ट्रम्पले जेलेंस्कीसँग मस्को प्रहारबारे सोधपुछ गरेपछि त्यसको अघिल्लो दिन पुटिनसँगको ‘खराब’ फोन संवाद भएको थियो।

यस वर्ष युक्रेनले बेलायत र अमेरिकाबाट प्राप्त मिसाइलहरू प्रयोग गरेर रूस भित्र गहिरा लक्ष्यहरूमा प्रहार गरिसकेको छ। जनवरीमा दोस्रो कार्यकाल सुरु गरेदेखि ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्य गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् ।

तर युद्ध अन्त्य गर्ने उनको प्रतिज्ञा अपेक्षाभन्दा जटिल भएको छ । ट्रम्प रुसका राष्ट्रपति पुटिनसँग निराश हुँदै गएका छन्।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले ट्रम्पको ट्यारिफ र हतियार योजनालाई ‘शान्तिको संकेत होइन, युद्ध जारी राख्ने संकेत’ हो भनेर प्रतिक्रिया दिएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com