मोटरसाइकलको ठक्करबाट साउदीमा एक नेपालीको मृत्यु


प्रकाशित मिति : आश्विन २२, २०७४ आईतबार

सवारी दुर्घटनामा परेर साउदी अरबमा पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं २ का २७ वर्षीय टीकाराम लाम्गादेको मृत्यु भएको छ ।

शनिबार सामान किन्न गएका उनलाई मोटरसाइकलले ठक्कर दिएको खबर आएको उनका छिकेकी सुकपाल विश्वकर्माले जानकारी दिनुभयो । नेपाल फर्काउन परिवारले सम्बन्धित निकायलाई आग्रह गरेका छन् । दुई वर्षअघि साउदी पुगेका उनका दुई श्रीमती र तीन छोरी छन् ।

रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com