अमेरिकाले सैन्य सहायता पुनः सुरु गरेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाई


प्रकाशित मिति : असार २७, २०८२ शुक्रबार

अमेरिकाले युक्रेनलाई सैन्य सहायता पुनः सुरु गरेको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकाले सैन्य सहायता पुन सुरु गरेको बताएका हुन ।

अमेरिकाले गत हप्ता केही महत्वपूर्ण हतियार आपूर्ति रोकेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटो सँग सहमति भई अमेरिका मार्फत युक्रेनलाई प्याट्रिओट हवाई रक्षा प्रणाली पठाउने सम्झौता भएको बताएका छन्।

जेलेन्स्कीले प्याट्रिओट हवाई रक्षा प्रणाली र सटीक तोप गोला आपूर्तिमा रोक लाग्दा युक्रेनको सुरक्षा क्षमतामा असर पर्ने भन्दै चिन्ता व्यक्त गरेका थिए।

हालैका हप्ताहरूमा रुसले युक्रेनी शहरहरूमा ड्रोन र क्षेप्यास्त्र आक्रमण बढाएको छ । आक्रमणका कारण नागरिकहरुले ज्यान गुमाइ रहेका छन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यी आक्रमणहरूको जवाफमा राष्ट्रपति जेलेन्स्कीले १० वटा प्याट्रिओट हवाई रक्षा प्रणालीको माग गरेका थिए।

प्याट्रिओट हवाई रक्षा प्रणालीहरू विश्वकै उत्कृष्ट हवाई सुरक्षा प्रणाली मानिन्छन् । प्रहार गर्न लागिएको क्षेप्यास्त्र पत्ता लगाई खसाल्न यो प्रतिरक्षा प्रणाली सक्षम हुन्छन्।

ट्रम्पले घोषणा गरेको नयाँ सम्झौताअनुसार, नाटोले अमेरिकाबाट प्याट्रिओट हवाई रक्षा प्रणाली खरिद गरेर युक्रेनलाई हस्तान्तरण गर्नेछ । उनले नाटोले पूरा लागत फिर्ता दिनेछ भनेका छन्।

जेलेन्स्कीका अनुसार जर्मनीले दुई प्याट्रिओट हवाई रक्षा प्रणाली प्रणालीको लागि तिर्न तयार रहेको र नर्वेले एकको लागि तिर्ने प्रतिबद्धता जनाएको छ । अन्य युरोपेली साझेदारहरूले पनि सहयोग गर्न इच्छुक देखिएका छन्।

शुक्रबार बेलुका उनले ‘नयाँ युरोपेली रक्षा प्याकेज’ को घोषणा गर्दै, युक्रेनी सेना अमेरिकी दूत कीथ केलॉग सँग आगामी हप्ता काम गर्ने जानकारी दिए।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जर्मनी र स्पेन लगायतका मित्र राष्ट्रहरूलाई उनीहरूको मौज्दात प्याट्रिओट हवाई रक्षा प्रणाली तुरुन्त युक्रेनलाई दिन आग्रह गरेका छन्।

यी प्रयासहरू रूसी आक्रमण तीव्र भइरहेका बेला सुरु भएका छन् । जसले अमेरिकी प्रशासनलाई समेत चिढ्याएको देखिएको छ । जेलेन्स्कीले रुसले ड्रोन आक्रमणहरूलाई १ हजार सम्म पुर्याउने योजना बनाइरहेको आरोप लगाएका छन ।

संयुक्त राष्ट्रसंघका अनुसार जुन महिनामा युक्रेनमा २३२ नागरिकको मृत्यु भएको थियो । १ हजार ३०० भन्दा बढी घाइते भएका थिए । जुन तीन वर्षमा सबैभन्दा धेरै हो।

गत हप्ता रुसी राष्ट्रपति पुटिनसँग टेलिफोन वार्ता गरेपछि ट्रम्पले आफू ‘सन्तुष्ट नरहेको’ बताएका थिए ।

इजरायलमा रहेका प्याट्रिओट हवाई रक्षा प्रणालीलाई मर्मतपश्चात युक्रेन पठाइनेछ।

गत महिना कीभका एक वरिष्ठ अधिकारीले उक्त प्रणाली पहिले नै अमेरिका पठाइसकेको बताएका थिए । तर युक्रेनले अझै प्राप्त गरेको छैन।

प्याट्रिओट हवाई रक्षा प्रणाली प्रणाली अत्यन्तै महँगो हुन्छ । एक पूर्ण प्रणालीको लागत करिब १ अर्ब डलर पर्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com