अमेरिकी विमानस्थलहरुमा सुरक्षा जाँचको क्रममा अब जुत्ता खोल्नु नपर्ने


प्रकाशित मिति : असार २४, २०८२ मंगलबार

a group of people standing in a line at an airport

फोटो : क्रिस लेन लु / अनस्प्ल्याश

अमेरिकी विमानस्थलहरूमा अब सुरक्षा जाँचका क्रममा जुत्ता खोल्नु नपर्ने भएको छ ।

विमानस्थलहरूमा अब यात्रुहरूलाई सुरक्षा जाँचको क्रममा जुत्ता खोल्नुपर्ने आवश्यकतालाई हटाइएको हो ।

करिब दुई दशकअघि यो नियम लागू गरिएको थियो । तर यसको आलोचना भइरहेको थियो । यो नीतिलाई अलोकप्रिय मानिएको थियो ।

अमेरिकी डिपार्टमेण्ट अफ होमल्याण्ड सेक्यूरिटी मन्त्री क्रिस्टी नोएमले यो परिवर्तन तुरुन्तै लागू हुने घोषणा गरिन्। यात्रुहरूले अझै पनि बेल्ट, ज्याकेट, ल्यापटप र तरल पदार्थहरू अलग राख्नुपर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर ती नियमहरू पनि समीक्षाको प्रक्रियामा रहेको नोएमले बताइन । यो नीति सन् २००६ देखि लागू गरिएको थियो । त्यसबेला बेलायती नागरिक रिचार्ड रीडले आफ्नो जुत्तामा विस्फोटक लुकाएर मियामी जाँदै गरेको विमानमा चढेका थिए ।

उनले विस्फोट गराउने प्रयास असफल भएको थियो र यात्रुहरूले उनलाई नियन्त्रणमा लिएका थिए।

डिपार्टमेण्ट अफ होमल्याण्ड सेक्यूरिटी मन्त्री नोएमले सुरक्षा प्रविधि धेरै अगाडि बढिसकेको बताइन । अहिले सरकारको विभिन्न तहमा आधारित सुरक्षा रणनीति रहेको उनले बताइन ।

एयरलाइन्स फर अमेरिका नामक अमेरिकी प्रमुख विमान सेवा कम्पनीहरूको संगठनले यो निर्णयको स्वागत गरेको छ ।

संगठनका प्रमुख निकोलस ई क्यालिओले यो नीतिगत परिवर्तनले यात्रुहरूको लागि यात्रा प्रक्रियालाई अझ सहज, सुरक्षापूर्ण र प्रभावकारी बनाउने बताए ।

जुत्ता खोल्नुपर्ने नियम अमेरिकामा भएको आतंकवादी हमलापछि सुरक्षा प्रणाली अन्तर्गत ल्याइएको थियो । अब यात्रुहरूले सुरक्षा जाँचमा सजिलै जुत्ता नखोलिकन यात्रा गर्न पाउनेछन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com