न्यूयोर्क सिटी मेयरको लागि डेमोक्रेटिक प्राइमरीमा जोहरान ममदानीको औपचारिक जीत


प्रकाशित मिति : असार १७, २०८२ मंगलबार

मेयरका उम्मेदवार जोहरान ममदानी चुनावी पार्टीमा बोल्दै। (एपी फोटो/हिदर खलिफा)

न्यूयोर्क सिटी मेयरको लागि डेमोक्रेटिक प्राइमरीमा जोहरान ममदानी औपचारिक रूपमा विजयी भएका छन्। राज्य सांसदसमेत रहेका प्रगतिशील उम्मेदवार ममदानी १२ प्रतिशतको अन्तरले विजयी भएका हुन्। मंगलबार सम्पन्न र्‍याङ्क्ड च्वाइस मतगणना पश्चात् उनलाई विजेता घोषित गरिएको हो।

न्यूयोर्क सिटीको बोर्ड अफ इलेक्सन्सले र्‍याङ्क्ड च्वाइस मतपत्रको गणना सार्वजनिक गरेपछि मंगलबार दिउँसो ममदानीको पक्षमा नतिजा घोषणा गरिएको हो। उनले कुल ५६ प्रतिशत मत प्राप्त गरे भने, पूर्व गभर्नर एन्ड्र्यू क्युमो ४४ प्रतिशत मतसहित दोस्रो स्थानमा रहे। बोर्डले जुलाईको मध्यतिर अन्तिम मत प्रमाणीकरण गर्नेछ।

३३ वर्षीय ममदानी अब नोभेम्बरमा हुने निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन्, जहाँ उनले डेमोक्रेट भए पनि प्राइमरीमा सहभागी नभई स्वतन्त्र उम्मेदवारको रूपमा उभिएका एरिक एडम्स र रिपब्लिकन उम्मेदवार कर्टिस स्लिवासँग प्रतिस्पर्धा गर्नेछन्। क्युमो पनि हाल स्वतन्त्र लाइनमै छन्, तर उनले आफ्नो अभियान जारी राख्ने वा नराख्ने निर्णय गरेका छैनन्।

न्यूयोर्क सिटीमा हरेक ६ जनामध्ये ५ जना डेमोक्र्याट छन् भने रिपब्लिकनहरू अल्पसंख्यामा छन्। ममदानीले आफ्नो ऊर्जा, आकर्षण, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, र उत्साही स्वयंसेवकहरूको अभूतपूर्व समूहको साथ नयाँ मतदाताहरूलाई मतदानमा ल्याएर यो विजय प्राप्त गरेका हुन्। उनले वामपन्थी समूहहरू, ट्रेड युनियनहरू लगायत अन्य संस्थाहरूको सहयोगमा रणनीतिक रूपमा र्‍याङ्क्ड च्वाइस मतदानको उपयोग गरेर २०२१ को गल्ती नदोहोर्याउने समन्वयात्मक प्रयास पनि गरेका थिए। त्यतिबेला वामपन्थीहरू एक साझा उम्मेदवारको पक्षमा एकजुट हुन नसक्दा एडम्सले जितेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्यूयोर्क शहरको क्वीन्स बरोको लङ आइल्याण्ड सिटीमा आयोजित चुनावी रातको भेलामा न्यूयोर्कका मेयर उम्मेदवार जोहरान ममदानी । (फोटो: माइकल एम. स्यान्टियागो / गेटी इमेज उत्तर अमेरिका / एएफपी मार्फत गेटी )

यस पटक धेरै वामपन्थी समूहहरू ममदानीको नेतृत्वमा सँगै काम गर्न र सामूहिक समर्थन गर्न तत्पर देखिए। केही अन्य उम्मेदवारहरूले पनि यही रणनीति अपनाए। ममदानीले सिटी कम्प्ट्रोलर ब्राड ल्यान्डर र पूर्व राज्य सांसद माइकल ब्लेकसँग क्रस-इन्डोर्समेन्ट सम्झौता गरेका थिए। यद्यपि दोस्रो तहका उम्मेदवारहरू व्हिटनी टिल्सन र जेसिका रामोसले क्युमोलाई समर्थन गरे पनि क्युमोले उनीहरूलाई प्रतिउत्तरमा समर्थन फिर्ता गरेनन्।

महिनौंसम्म अग्रस्थानमा रहेका क्युमोले कमजोर चुनावी अभियान चलाएका कारण ममदानीको जितमा अप्रत्यक्ष योगदान दिएका छन्। उनी लामो समयदेखि न्यूयोर्क सिटीमा नबसेको हुँदा शहरसँग टाढा देखिएका थिए। अन्ततः ममदानीले श्वेत, हिस्पानिक, र एसियाली मतदाताहरूका साथै मध्यम तथा उच्च आय भएका मतदाताहरूबाट पहिलो स्थानको र्‍याङ्किङ प्राप्त गरेर विजयी भएका हुन्। क्युमोले भने अश्वेत र कम आय भएका मतदाताहरूको समर्थन पाएका थिए।

न्यूयोर्क सिटीको प्राइमरीले मतदातालाई पाँच उम्मेदवारहरूलाई प्राथमिकताको आधारमा र्‍याङ्क गर्न अनुमति दिन्छ। कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नपाएमा बोर्ड अफ इलेक्सन्सले राउन्ड बाइ राउन्ड मतगणना गर्दै सबैभन्दा कम पहिलो रोजाइको उम्मेदवारलाई हटाउँछ। त्यस उम्मेदवारलाई पहिलो रोजाइमा राखेका मतदाताहरूका मत दोस्रो रोजाइको उम्मेदवारलाई स्थानान्तरण गरिन्छ। यो प्रक्रिया अन्तिम दुई उम्मेदवार बाँकी नपरेसम्म चल्छ, र सबैभन्दा धेरै मत पाउने उम्मेदवार विजयी हुन्छ। मंगलबार यही प्रक्रियामार्फत ममदानी विजयी घोषित भए।

र्‍याङ्क्ड च्वाइस गणना सम्पन्न भएपछि क्युमो र ममदानीबीचको मतान्तर अझ चौडा भएको छ, जसले देखाउँछ कि धेरै मतदाताले उनलाई पहिलो रोजाइमा नदिए पनि र्‍याङ्क भने गरेका थिए। पहिलो च्वाइस मतहरूको आधारमा ममदानी क्युमोलाई सात अंकले पछि पार्दै अगाडि थिए भने अन्तिम मतगणनामा यो अन्तर १२ अंकमा पुगेको हो। क्युमोले यस प्राइमरीमा ४२८,५३० मत प्राप्त गरे, जुन २०२१ मा एरिक एडम्सले क्याथरिन गार्सियालाई हराउँदा प्राप्त गरेको ४०४,५१३ मतभन्दा बढी हो।

जुलाई १५ मा अन्तिम प्रमाणीकरणपछि बोर्डले मतहरू कसरी एक उम्मेदवारबाट अर्कोतर्फ सरे भन्ने विस्तृत विवरण सार्वजनिक गर्नेछ। न्यूयोर्क सिटी एक प्रबल डेमोक्र्याटिक शहर हो, जहाँ श्रमिक युनियनहरू ममदानीको समर्थनमा एकजुट हुँदै गएका छन्। उनले गाजामा इजरायलको युद्ध आचरणको खुला आलोचना पनि गरेका छन्। यद्यपि न्यूयोर्कका डेमोक्र्याटिक नेताहरू – गभर्नर क्याथी होकुल, सिनेटर चक शुमर, र सांसद हकीम जेफ्रिस – ले ममदानीको अभियानको प्रशंसा गरे पनि औपचारिक समर्थन दिएका छैनन्।

ममदानीले धनी र कर्पोरेशनहरूमा उच्च कर लगाउने विस्तृत सरकारी कार्यक्रमहरूको आह्वान गरेपछि व्यापारिक नेताहरूमा असन्तुष्टि देखिएको छ। ती करहरू बढाउन उनले गभर्नर होकुलको समर्थन आवश्यक पर्ने भए पनि, होकुलले यस्तो कुनै प्रस्तावको समर्थन नगर्ने बताइसकेकी छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com