एनआरएन उपाध्यक्ष पन्त पुन: उपाध्यक्ष उम्मेदवार


प्रकाशित मिति : आश्विन २०, २०७४ शुक्रबार

आश्विन २०, २०७४-गैरआवासीय नेपाली संघका वर्तमान उपाध्यक्ष कुमार पन्तले सोही पदमा निरन्तरता दिनेगरी चुनावी अभियान सुरु गरेका छन् ।

जर्मनीको फ्रेंकफर्ट आधारित होटल व्यवसायी उनले संस्थाभित्र मौलाएको ध्रुवीकरणलाई रोक्न र सबैलाई समेटेर अघि बढ्न आफूले उपाध्यक्ष पदमै निरन्तरता दिन चाहेको बताएका छन् । ‘कुनै एउटा समूहमा रहेर रमाउनुभन्दा सबैलाई समेटेर एनआरएनलाई एक ढिक्का बनाई अघि बढ्नु जिम्मेवार ठहर्ने भएकाले मैले उपाध्यक्ष पदमै निरन्तरताका लागि सोही पदमा उम्मेदवारी दिने निर्णय गरेको छु’, उपाध्यक्ष पन्तले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेका छन् ।

अग्रगामी र गतिशील सोच भएको नेतृत्वले मात्र गैरआवासीय नेपाली संघलाई अघि बढाउन सक्षम हुने भन्दै विज्ञप्तिमा भनिएको छ, ‘संस्थाभित्र पछिल्लो समय देखिएका आयामले गैरआवासीय नेपालीको यो साझा संगठनलाई विभिन्न कोणमा ध्रुवीकृत गर्दै लगेको छ । यस्तो अवस्थामा कुनै एउटा समूहमा रहेर रमाउनुभन्दा सबैलाई समेटेर एक ढिक्का भई अघि बढ्नु जिम्मेवार ठर्हछ । त्यही कर्तव्यलाई सम्मान गर्दै विश्वभरिका धेरै एनआरएन साथीहरुको अन्तक्र्रियापछि मैले आगामी १४ देखि १७ अक्टोबरसम्म काठमाडौंमा हुने अन्तर्राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पदमै उम्मेदवारी दिने निर्णय गरेको छु’,विज्ञप्तिमा उल्लेख छ ।

अग्रज एनआरएनहरूको समर्पण एवं मैत्री भाव र कार्यकुशलताबाट धेरै कुरा सिक्ने अवसर पाएको बताउादै आफ्नो समय संगठनको उचाई र श्रीवृद्धिमा लगाउनुलाई कर्तव्य ठानेको उल्लेख गरेका छन्। ‘सन् २०१५—२०१७ को कार्यकाल मेरा लागि विश्वका सबै अन्र्तराष्ट्रिय समन्वय समितिका साथीहरुसम्म पुग्ने, सम्पूर्ण गैरआवासीय नेपालीका भावना, समस्या र आकांक्षाहरु बुझ्ने मौकाको रुपमा रह्यो’, विज्ञप्तिमा भनिएको छ, ‘उपाध्यक्ष पदलाई निरन्तरता दिादै सबै विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीलाई संयुक्त लगानीको एउटै मालामा जोड्न चाहन्छु।’ जर्मनीमा एक दर्जभन्दा बढी होटल र आधा दर्जनभन्दा बढी रेष्टुराँका लगानीकर्ता पन्त एनआरएन स्थापनाकालदेखि नै संस्थामा सक्रिय व्यक्ति हुन्। यूरोप क्षेत्र संयोजक हुनुभन्दा अघि उनले अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य एवं एनआरएन जर्मनीमा रहेर काम गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शेष घले पहिलो कार्यकालका लागि निर्वाचित हुादा पन्त गैर आवासीय नेपाली संघका महासचिव भए । घले २०१५–२०१७ को दोश्रो कार्यकालमा पन्त उपाध्यक्षमा निर्वाचित भएका थिए।

Ekantipur

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com