न्यूयोर्कमा खतरनाक गर्मीको लहर, इन्डेक्स १०७ डिग्री फरेनहाइटसम्म पुग्ने


प्रकाशित मिति : असार ९, २०८२ सोमबार

person holding smartphone while taking picture of tower

फोटो: जोनल प्यानेल

न्यूयोर्क शहरमा यस हप्ता गर्मीको पहिलो लहर आउँदैछ, जसले खतरनाक तापक्रम, खराब हावाको गुणस्तर र तीव्र आर्द्रता ल्याउने मौसमविद्हरूले चेतावनी दिएका छन्। राष्ट्रिय मौसम सेवाले न्यूयोर्क शहरमा मंगलबार राति ८ बजेसम्म अत्यधिक गर्मीको चेतावनी जारी गरेको छ, जसमा दिनको समयमा ताप सूचकांक १०७ डिग्रीसम्म पुग्ने अपेक्षा गरिएको छ।

रातको समयमा तापक्रम ८० डिग्रीको आसपास रहनेछ भने उच्च आर्द्रताले खासै राहत प्रदान नगर्न सक्छ। यो अत्यधिक गर्मी केवल असहज र दबाबपूर्ण मात्र नभई क्रूर र बाहिर लामो समय बिताउनेहरूका लागि खतरनाक हुने मेयर एरिक एडम्सले बताएका छन् । आफूहरुले विद्युत प्रणालीको निगरानी गरिरहेका र सरकारले ऊर्जा प्रयोग घटाएर उदाहरण प्रस्तुत गरिरहेको एडम्सको भनाई छ ।

न्यूयोर्क शहरमा सोमबार बिहान ११ बजेदेखि राति ११ बजेसम्म वायु गुणस्तर चेतावनी पनि जारी गरिएको छ । यो चेतावनी हावामा प्रदूषकहरूको कारणले जारी गरिएको हो । दमका रोगी, साना बच्चाहरू र वृद्धवृद्धाहरू लगायत हावाको गुणस्तरप्रति संवेदनशील न्यूयोर्कवासीहरूले बाहिर धेरै समय बिताउन वा कठिन गतिविधिहरू गर्नबाट जोगिनुपर्ने अधिकारीहरूले बताएका छन्।

हावामा प्रदूषकको मात्रा कम गर्न न्यूयोर्कको पर्यावरण संरक्षण विभागले गाडी चलाउनुको सट्टा सार्वजनिक यातायात प्रयोग गर्न, प्रयोगमा नभएका सबै विद्युतीय उपकरणहरू बन्द गर्न र धूम्रपान वा ग्रिलिङ जस्ता बाहिरी जलाउने गतिविधिहरू कम गर्न सुझाव दिएको छ। हालको हावाको गुणस्तर जाँच गर्न यहाँ क्लीक गर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गर्मीको लहर सोमबार र मंगलबारसम्म रहनेछ, तर बुधबारसम्म अत्यधिक तापक्रम जारी रहन सक्छ । यद्यपि बिहीबारदेखि शुक्रबारसम्म तापक्रम केही चिसो हुने र केही छिटपुट वर्षा हुने राष्ट्रिय मौसम सेवाको पूर्वानुमान छ। जुन महिनाको सुरुमा चिसो र वर्षायुक्त मौसम पछि यो अचानक गर्मीको लहर केही न्यूयोर्कवासीलाई अप्रत्यासित भएको न्यूयोर्क शहर आपतकालीन व्यवस्थापन आयुक्त ज्याक इस्कोलले बताएका छन् ।

यो हप्ता तापक्रम १०० डिग्री नजिक पुग्दा सबै न्यूयोर्कवासीलाई गर्मीलाई गम्भीरतापूर्वक लिन उनले आग्रह गरेका छन् । हाइड्रेटेड रहन र कठिन बाहिरी गतिविधिहरूबाट जोगिन सुझाव दिइएको छ भने आफू र परिवारलाई गर्मीजन्य रोगको खतरनाक परिणामहरूबाट बचाउन चिसो ठाउँहरू खोज्न भनिएको छ ।

यो गर्मीको लहरमा विशेष गरी बाहिर काम गर्नेहरूका लागि सावधानी अपनाउनु महत्त्वपूर्ण छ । साइन्टिफिक अमेरिकनका अनुसार अत्यधिक गर्मी अमेरिकामा मौसमसम्बन्धी मृत्युको पहिलो कारण हो। अमेरिकामा हरिकेन, बाढी र टोर्नाडोबाट एकमुष्ठभन्दा धेरै मानिसहरूको ज्यान गर्मीले लिने गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com