इरानमा अमेरिकी हमलापछि न्यूयोर्कमा उच्च सुरक्षा सतर्कता, प्रहरी उपस्थिति बृद्धि


प्रकाशित मिति : असार ९, २०८२ सोमबार

UNKs coffee shop during night time

फोटो: एलेक फाभेल

अमेरिकी सेनाले शनिबार इरानमा तीन स्थानमा हवाई आक्रमण गरेपछि न्यूयोर्क प्रहरीले पाँचवटै बरोमा रहेका धार्मिक, सांस्कृतिक र कूटनीतिक स्थलहरूमा प्रहरी उपस्थिति बढाएको छ। प्रहरी कमिश्नर जेसिका टिशले प्रहरी विभागसँग अन्तर्राष्ट्रिय कानून प्रवर्तन एजेन्सीहरूमा एक दर्जनभन्दा बढी गुप्तचरहरू रहेको उल्लेख गर्दै उनीहरूले खतराहरूबारे जानकारी सङ्कलन गर्ने बताएकी छिन्।

न्यूयोर्क शहरका मेयर एरिक आडम्स र टिशले आइतबार इजरायल, यूएई, कतार र जोर्डनमा तैनाथ गुप्तचरहरूसँग मध्यपूर्वमा विकसित घटनाहरू र यसले शहरमा पार्न सक्ने प्रभावबारे छलफल गरेका थिए।

जेसिका टिशले भनिन्, “ती गुप्तचरहरूले मध्यपूर्वका घटनाहरूको जानकारी सङ्कलन गरी न्यूयोर्कको सुरक्षामा महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्।” उनले थपिन्, “यी गुप्तचरहरूले न्यूयोर्कवासीलाई इरान र अन्य क्षेत्रबाट सुरक्षित फिर्ता ल्याउन पनि सहयोग गरिरहेका छन्।”

गभर्नर क्याथी होचुलले कुनै ठोस खतरा नदेखिए पनि राज्यका सबै सम्भावित जोखिम क्षेत्रहरूमा निगरानी बढाइएको बताएकी छिन्। उनले भनिन्, “हाम्रा सबै एजेन्सीहरू र महत्त्वपूर्ण पूर्वाधारहरू सम्भावित खतराहरूको निगरानीमा छन्। सावधानीस्वरूप एमटीए र पोर्ट अथोरिटीले स्थानीय प्रहरीसँग मिलेर आतंकवादविरोधी उपायहरू लागू गरेका छन्।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसका साथै, गभर्नरले राज्य प्रहरीले मस्जिद, चर्च, सिनागग जस्ता पूजास्थलहरू र अन्य संवेदनशील स्थानहरूमा गस्ती बढाउने जानकारी दिइन्। शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन आणविक स्थलहरू “पूर्ण रूपमा नष्ट” भएको दाबी गरेपछि न्यूयोर्कमा सुरक्षा सतर्कता थप कडा पारिएको हो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com