अमेरिकी आक्रमणपछि रुसी राष्ट्रपति पुटिनसँग वार्ता गर्दै इरानी विदेशमन्त्री


प्रकाशित मिति : असार ९, २०८२ सोमबार

इरानी विदेशमन्त्री सैयद अब्बास अराघची । तस्बिर : राससमार्फत सिन्ह्वा

तेहरानका शीर्ष कूटनीतिज्ञ तथा विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी आक्रमणको ४८ घण्टा बित्न नपाउँदै सोमबार मस्को पुगेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग महत्वपूर्ण भेटवार्ता गर्ने भएका छन्। भेटवार्ताको उद्देश्य इरानका प्रमुख आणविक केन्द्रहरूमा गरिएको आक्रमणपछिको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिस्थिति बारे गम्भीर छलफल गर्नु रहेको इरानी सरकारी समाचार संस्था आइआरएनएले जनाएको छ।

इरानमाथि इजरायली आक्रमणहरू जुन १३ बाट सुरु भएका थिए। त्यसयता अमेरिका पनि प्रत्यक्ष रूपमा सैन्य आक्रमणमा सहभागी भएपछि क्षेत्रीय तनाव उच्च विन्दुमा पुगेको छ। मस्को परम्परागत रूपमा तेहरानको रणनीतिक सहयोगी रहँदै आएको भए पनि पछिल्ला घटनाक्रममा उसको प्रत्यक्ष समर्थन भने कमजोर देखिएको छ।

रुसले इजरायली तथा अमेरिकी कारबाहीको आलोचना गर्दै कूटनीतिक रूपमा असहमति जनाएको छ तर उसले सैन्य सहयोगको प्रस्ताव नगरेको र केही महिनाअघि भएको रणनीतिक साझेदारी सम्झौताको कार्यान्वयनमा पनि स्पष्टता नदेखिएको विश्लेषणकर्ता बताउँछन्।

अराघचीले मस्कोमा अवतरण गरेपछि रुसी सरकारी मिडियालाई उद्धृत गर्दै भने, “यो नयाँ खतरनाक परिस्थितिमा रूससँग हाम्रो परामर्श निश्चित रूपमा अत्यन्त महत्वपूर्ण हुनेछ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसबीच, पुटिनले प्रारम्भिक रूपमा आफूलाई इजरायल र इरानबीच सम्भावित मध्यस्थकर्ताको भूमिकामा देखाउन चाहेको भए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसको खुला विरोध गरेपछि आफ्नो भूमिकालाई सुझाव दिने मात्रमा सीमित गरेका छन्।

गत शुक्रबार सेन्ट पिटर्सबर्गमा आयोजित अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा बोल्दै पुटिनले भने, “हामी कुनै पनि रूपमा मध्यस्थकर्ताको भूमिका खेल्न चाहँदैनौं। तर यदि हाम्रो कुनै पनि सुझाव दुवै पक्षलाई उपयुक्त लाग्छ भने, हामी त्यसबाट खुसी हुनेछौं।”

यसैबीच, रुसी विदेश मन्त्रालयले शनिबार अमेरिकी आक्रमणलाई गैरजिम्मेवार र उत्तेजक भन्दै कडा शब्दमा निन्दा गरेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com