अमेरिकामा सांसदहरुलाई आइस कार्यालयहरुको अनुगमन गर्ने सीमा तोकियो
प्रकाशित मिति : असार ५, २०८२ बिहीबार
अमेरिकाको डिपार्टमेण्ट अफ होमल्याण्ड सेक्यूरिटी (डीएचएस) ले कांग्रेसका सदस्यहरूद्वारा गरिने आइस कार्यालयहरूको भ्रमणमा नयाँ सीमाहरू लागू गरेको छ।
पछिल्लो समय केहि डेमोक्र्याटिक सांसदहरूलाई लगाइएको रोक लगाउदै पक्राउ समेत गरिएपछि यी प्रतिबन्धहरू लागू गरिएको हो ।
डीएचएस अन्तर्गतको आइस एजेन्सीसँग मात्र निर्णय गर्ने अधिकार रहेको बताइएको छ । कांग्रेस सदस्यलाई भ्रमण अनुमति दिनु या रद्द गर्नु, स्थगित गर्नु वा अन्त्य गर्नु उनीहरुको अधिकार क्षेत्र भित्र पर्ने प्रतिबन्धमा उल्लेख गरिएको छ ।
आइस डिटेन्सन सेन्टरहरूमा भ्रमण गर्ने सांसदहरूले पूर्व सूचना दिनु नपर्ने अवस्था रहेकोमा अब आइसलाई भ्रमण अस्वीकार गर्ने वा रद्द गर्ने पूर्ण अधिकार दिइएको छ ।
तर आइसका क्षेत्रीय कार्यालयहरू (फील्ड कार्यालयहरू) मा जाने सांसदहरूले कम्तिमा ७२ घण्टाको सूचना दिनु पर्ने नयाँ नियम लागु गरिएको छ ।
जनवरी २० मा फेरि राष्ट्रपति पद सम्हालेका डोनाल्ड ट्रम्प ले आफ्नो अभियानको भागको रूपमा अनधिकृत आप्रवासनकर्ताहरु र शरणार्थीहरूलाई डिपोर्ट गर्ने प्रतिज्ञा गरेका थिए।
उनले प्यालेस्टिनी समर्थक अमेरिकी अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पनि डिपोर्ट गर्ने प्रस्ताव गरेका थिए ।
किनकि डीएचएस अन्तर्गत आइसले अक्सर डिटेन्सन सेन्टरमाझ सांसदहरूलाई प्रवेश गर्न दिदैन । केही डेमोक्र्याटिक नेता आइसका एजेन्टहरूसँग ठुला विवादमा परेका छन्।
यसै महिनामा न्युएर्सीकी कांग्रेस सदस्यलाई मे ९ मा आइस डिटेन्सन सेन्टरको गेटमा प्रत्यक्ष हस्तक्षेप प्रयास गर्दा मुद्दा चलेको छ ।






