स्पेसएक्सको रकेट परीक्षणको क्रममा विस्फोट


प्रकाशित मिति : असार ५, २०८२ बिहीबार

अमेरिकाको टेक्सासमा परीक्षणको क्रममा स्पेसएक्सको रकेट विस्फोट भएको छ । विस्फोटपछि ठूलो आगोको गोला आकाशमा देखिएको थियो ।

बुधबार राति स्पेसएक्स को रकेट टेक्सासमा परीक्षणको क्रममा विस्फोट भएको हो । विस्फोटपछि एक भयानक आगोको गोला आकाशतिर उडेको दृश्य देखिएको थियो ।

कम्पनीले जनाएको अनुसार, राति करिब ११ बजे स्पेसएक्सको दक्षिणी टेक्सासस्थित स्टारबेस प्रक्षेपण स्थलमा, स्टारशिप को दशौं परीक्षण उडानको तयारीकै क्रममा ‘गम्भीर खराबी’ आएको थियो।

स्पेसएक्सले सामाजिक सञ्जाल एक्स मा दिएको विज्ञप्तिमा ‘सुरक्षाका लागि तय गरिएको क्षेत्रको पूर्ण पालना गरिएको थियो र सबै कर्मचारीहरू सुरक्षित छन् र उपस्थित छन्’ भनेर उल्लेख गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्पेसएक्सका सीईओ एलन मस्क नेतृत्वको कम्पनीले विस्फोटबाट वरपरका बस्तीमा कुनै खतरा नभएको जनाएको छ ।

कम्पनीले सर्वसाधारणलाई परीक्षण स्थलतिर नजान अनुरोध गर्दै,’हामी स्थानीय अधिकारीहरूसँग मिलेर विस्फोटपछिको स्थितिमा आवश्यक प्रतिक्रिया दिइरहेका छौं’, विज्ञप्तिमा भनिएको छ।

विस्फोटको कारण के थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको कम्पनीले जनाएको छ। स्पेसएक्स एक निजी अमेरिकी अन्तरिक्ष अनुसन्धान कम्पनी हो । यो २००२ मा एलन मस्क द्वारा स्थापना गरिएको थियो।

यस कम्पनीको मुख्य उद्देश्य अन्तरिक्ष यात्रालाई सस्तो, भरपर्दो र स्थायी बनाउनु र दीर्घकालीन रूपमा मानव जातिलाई मंगल ग्रहमा बसोबासयोग्य बनाउने हो।

यो प्राइभेट कम्पनीबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा अन्तरिक्ष यात्री पठाउने पहिलो कम्पनी हो ।

रकेटलाई सुरक्षित रूपमा पृथ्वीमा पुनः अवतरण गराउने प्रविधि सफलतापूर्वक विकास यसले गरेको छ । २०२० मा नासाको को सहयोगमा अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्षमा सम्म पुर्याउने मिशन यसले सफल गराएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com