जी- ७ सम्मेलन अघि नै क्यानाडाबाट किन फर्किए अमेरिकी राष्ट्रपति ट्रम्प ?


प्रकाशित मिति : असार ३, २०८२ मंगलबार

अमेरिकी राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा उत्पन्न चर्किंदो तनावका कारण क्यानाडामा जारी समूह- ७ (जी-७) शिखर सम्मेलन एक दिन अघि नै छोडेका छन्। क्यानाडाको अल्पाइन पर्यटकीय क्षेत्र कानानास्किसमा भइरहेका सम्मेलनबाट ट्रम्प सोमबार राति राष्ट्रप्रमुखहरूसँगको रात्रिभोजपछि फर्किएका हुन्।

अमेरिकी प्रेस सचिव क्यारोलिन लेविटले सामाजिक सञ्जाल एक्समा लेख्दै भनिन्, “धेरै विषयमा महत्वपूर्ण उपलब्धिहरू भए तापनि मध्यपूर्वमा भइरहेको जटिल परिस्थिति हेर्दा राष्ट्रपति ट्रम्प आज राति नै सम्मेलन छोड्ने निर्णयमा पुगेका छन्।”

फ्रान्सका राष्ट्रपति इम्यानुएल माक्रोँले खुलासा गरेअनुसार, ट्रम्पले इजरायल र इरानबीच युद्धविरामका लागि विशेष प्रस्ताव अगाडि सारेका छन्। “शान्तिको पहलस्वरूप राष्ट्रपति ट्रम्पले भेटघाट र संवादमार्फत युद्धविराम ल्याउने प्रस्ताव गरेका छन्,” माक्रोँले पत्रकारहरूलाई जानकारी दिए।

यसअघि ट्रम्पले इरानी राजधानी तेहरान खाली गर्न आग्रह गर्दै इरानले अमेरिकासँग आणविक सम्झौता गर्नुपर्ने धारणा पनि दोहोर्‍याएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ब्रिटेन, फ्रान्स, जर्मनी, इटाली, जापान, क्यानडा, अमेरिका र युरोपेली संघले मिलेर बनेको जी ७ समूहले युक्रेन र इजरायल–इरान द्वन्द्वको सन्दर्भमा साझा धारणा बनाउन कठिनाइ भोगिरहेको छ। सम्मेलनमा ट्रम्पले खुलेर रुसी राष्ट्रपति पुटिनको समर्थन गरेका थिए र अन्य सदस्य राष्ट्रहरूमाथि व्यापारिक शुल्कहरू बढाएका थिए, जसले वातावरण तनावग्रस्त बनाएको थियो।

यद्यपि, ट्रम्पले इजरायल–इरान तनाव न्यूनीकरणको पक्षमा रहेको संयुक्त वक्तव्यमा हस्ताक्षर गरेका छन्। वक्तव्यमा भनिएको छ, “हामी आग्रह गर्छौं कि इरानसम्बन्धी संकटको समाधानले सम्पूर्ण मध्यपूर्व क्षेत्रमा तनाव न्यूनीकरणमा मद्दत गरोस्, जसमा गाजा क्षेत्रको युद्धविराम पनि समावेश होस्।”

समूहले इरानलाई मध्यपूर्वको अस्थिरताको मूल स्रोत बताउँदै इजरायलसँग ऐक्यबद्धता जनाएको छ। “इजरायललाई आत्मरक्षाको पूर्ण अधिकार छ,” संयुक्त वक्तव्यमा भनिएको छ ।

क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीको साथमा पत्रकार सम्मेलनमा ट्रम्पले जी-७ समूहबाट सन् २०१४ मा रुसलाई हटाउनु ‘ठूलो गल्ती’ भएको टिप्पणी गरे। उनले भने, “पुटिन मलाई मात्र बोलाउँछ, अरू कसैसँग उसले संवाद गर्दैन। यदि उसलाई निष्कासन नगरिएको भए युक्रेनमा आक्रमण हुने थिएन।”

यस टिप्पणीले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलन्स्कीको मंगलबारको जी-७ भेटवार्तामा कति प्रभाव पार्ने हो भन्नेमा आशंका उत्पन्न भएको छ। यद्यपि, क्यानाडास्थित युक्रेनी दूतावासले जेलन्स्की भ्रमण तय रहेको जनाएको छ।

क्यानाडाले यसपटक २०१८ को क्यूबेक जी-७ सम्मेलनको पुनरावृत्ति टार्न साझा विज्ञप्ति निष्कर्ष निकाल्न खोजेको छैन। त्यसबेला ट्रम्पले बैठक छोडेपछि अमेरिकाले विज्ञप्तिबाट समर्थन फिर्ता लिएको थियो।

रोयटर्सका अनुसार, आप्रवासन, कृत्रिम बौद्धिकता (एआई) र महत्वपूर्ण खनिज सम्बन्धी मस्यौदा दस्तावेजहरू तयार गरिए तापनि अमेरिकाले तीलाई अनुमोदन गरेको छैन।

प्रधानमन्त्री कार्नीले सम्मेलनमा गैर जी-७ सदस्यहरू भारत, मेक्सिको, अष्ट्रेलिया, दक्षिण अफ्रिका, दक्षिण कोरिया, ब्राजिल तथा युक्रेनलाई समेत आमन्त्रित गरेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com