अभिनेता पेरीलाई केटामिनको ओभरडोजमा पहुँच दिएको अमेरिकी चिकित्सकद्वारा स्वीकार, ४० वर्ष जेल सजाय हुनसक्ने


प्रकाशित मिति : असार २, २०८२ सोमबार

अमेरिकाको क्यालिफोर्नियाका चिकित्सकले अभिनेता म्याथ्यू पेरीलाई केटामिन उपलब्ध गराएको आरोप स्वीकार गरेका छन ।

टेलिभिजन श्रृंखलामा च्यान्डलर बिङको भूमिका निभाएका अमेरिकी अभिनेता म्याथ्यू पेरीलाई मृत्युअघि केटामिन नामक लागूपदार्थको ओभरडोज पहुँच दिएको थियो ।

केटामिन एक शक्तिशाली बेहोस पार्ने औषधि हो । सुरुमा जनावर तथा मानिसहरूको सर्जरीमा बेहोस पार्न यसको प्रयोग गरिन्थ्यो ।

पछिल्लो समय यो औषधि डिप्रेशन उपचारमा पनि सीमित मात्रामा प्रयोग हुन थालेको छ । तर दुरुपयोग गरेमा यो लागूपदार्थ बन्न सक्छ।

केटामिन नामक लागूपदार्थको ओभरडोजमा पहुँच दिएको आरोप लागेका क्यालिफोर्नियाका चिकित्सक डा साल्भाडोर प्लासेन्सियाले दोषी ठहर हुने सहमति जनाएका बताइएको छ ।

यो कुरा संघीय अभियोजकहरूले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ। डा प्लासेन्सियाले चारवटा केटामिन वितरणसम्बन्धी अभियोग स्वीकार गर्नेछन् ।

यो अभियोगमा अधिकतम ४० वर्ष जेल सजाय हुनसक्छ । उनले केही साताभित्र अदालतमा दोषी ठहर हुन बयान दिने अपेक्षा गरिएको छ।

म्याथ्यू पेरी अक्टोबर २०२३ मा लस एञ्जलसस्थित आफ्नै घरको हट टबमा मृत फेला परेका थिए । उनी ५४ वर्षका थिए । उनले पहिले नै डिप्रेशन र लतसँगको संघर्षको बारेमा खुलेर बोलेका थिए । तर उनको मृत्युले विश्वभरका प्रशंसकहरूलाई स्तब्ध बनाएको थियो।

केसमा पहिल्यै दोषी ठहर भइसकेका अर्का चिकित्सक डा मार्क चावेजका अनुसार अदालतमा बुझाइएको सन्देशमा डा प्लासेन्सियाले पेरीलाई “मूर्ख” भनेका थिए । उनले लागूपदार्थ किन्न कति तिर्न तयार छन् भनेर चासो देखाएका थिए।

दोषी ठहरसम्बन्धी सम्झौतामा उल्लेख भएअनुसार, डा प्लासेन्सियाले पेरीलाई केटामिन उनकै घरमा र पार्किङ लटमा लगाएर इन्जेक्सन दिएका थिए । साथै उनले पेरीका सहायकलाई औषधि कसरी प्रयोग गर्ने भनेर सिकाएका थिए ।

संघीय अभियोजकहरूका अनुसार डा प्लासेन्सियालाई म्याथ्यू पेरीलाई गैरकानुनी तरिकाले केटामिन आपूर्ति गरेको आरोपमा मुद्दा लगाइएको छ ।

पेरीले पहिले कानुनी रूपमा डिप्रेशन उपचारका लागि केटामिन प्रयोग गरिरहेका थिए । तर उनले निर्धारित मात्रा भन्दा बढी लागूपदार्थ खोजिरहेका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com