भर्जिनियामा डेमोक्र्याटिक उम्मेदवारहरू अटर्नी जनरल पदको लागि चुनावी मैदानमा, ट्रम्पको विरोधमा प्रचार


प्रकाशित मिति : असार १, २०८२ आईतबार

अमेरिकाको भर्जिनिया राज्यमा आगामी मंगलबार हुने प्राइमरी निर्वाचनका क्रममा दुई डेमोक्र्याटिक उम्मेदवार ट्रम्पविरुद्ध चुनावी मैदानमा उत्रिएका छन ।

जय जोन्स र श्यानन टेलर राज्यको अटर्नी जनरल पदको उम्मेदवारीका लागि प्रतिस्पर्धा गर्दै छन् ।

तर उनीहरूबीचको प्रतिस्पर्धामा सबैभन्दा धेरै नाम लिइने व्यक्ति भने उनीहरूको प्रतिद्वन्द्वी भने होइन । त्यहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नै प्रतिश्पर्धीका रुपमा हेरिएको छ ।

ट्रम्पको दोस्रो कार्यकालको प्रारम्भिक महिनाहरूमा अमेरिकी नीतिमा आएका व्यापक परिवर्तनहरूले डेमोक्र्याट उम्मेदवारहरूलाई उनीहरूको आधारभूत समर्थकलाई उत्साहित पार्न मद्दत पुर्याएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उम्मेदवारहरूले ट्रम्पको विरुद्धमा तीव्र बयानबाजी र विज्ञापनमार्फत आफ्नो आक्रोश सार्वजनिक गरिरहेका छन्। यो वर्ष भर्जिनिया र न्यू जर्सीमा गभर्नर पदको चुनाव हुँदैछ ।

डेमोक्र्याट उम्मेदवार एबिगेल स्पानबर्गर गभर्नर पदको लागि निर्विरोध उम्मेदवार भएकी छन् । रिपब्लिकन उम्मेदवार विंसम अर्ल सीयर्स मात्र पर्याप्त हस्ताक्षर जुटाउन सफल भएकी हुन् ।

राज्यको उपगभर्नर पदको लागि भने ६ जना डेमोक्र्याट उम्मेदवारहरूले प्रतिस्पर्धा गरिरहेका छन् । यिनीहरूले पनि ट्रम्पको नीतिको कडा आलोचना गर्दै आफ्ना विज्ञापनहरू सार्वजनिक गरेका छन् । यद्यपि उपगभर्नर पद तुलनात्मक रूपमा औपचारिक मात्र हुन्छ।

जय जोन्स र श्यानन टेलरबीचको प्रतिस्पर्धा झनै चर्किएको छ । उनीहरूले वर्तमान रिपब्लिकन अटर्नी जनरल जेसन मियारेसको आलोचना गर्दै उनलाई ट्रम्पको पक्षपातीको रूपमा चित्रण गरेका छन्।

जोन्सले भने, “यो काम भर्जिनियावासीहरूको सुरक्षा गर्नु, उनीहरूको पक्षमा लड्नु र न्याय दिलाउनु हो। तर मियारेस किन ट्रम्पविरुद्ध मुद्दा नहालेको भन्ने मलाई बुझिँदैन।”

टेलरले मियारेसलाई ट्रम्पका अतिक्रमणहरूलाई राज्यमा लागू गर्न सघाउने व्यक्ति भनेर आरोप लगाएकी छिन् । “नतिजा एउटै हो — भर्जिनियावासीहरू पीडित हुन्छन्,” उनले भनिन्।

अटर्नी जनरल मियारेसले भने आफू ‘बल र नियमका आधारमा’ काम गर्ने रिपब्लिकन भएको बताउँदै, ट्रम्पमाथि मुद्दा हाले नहाले भन्ने भन्दा बढी आफू नागरिकको सुरक्षा कसरी गर्ने भन्नेमा केन्द्रित रहेको बताए।

उनले भने, “उनीहरू ट्रम्पमा निकै केन्द्रित देखिन्छन्, तर म भर्जिनियालाई कसरी सुरक्षित राख्ने भन्नेमा केन्द्रित छु।”

यो चुनावी प्रतिस्पर्धाले ट्रम्पको प्रभाव, उनीप्रति डेमोक्र्याटहरूको प्रतिरोध, र राज्यस्तरमा कानुनी संस्था कस्तो भूमिका खेल्नुपर्छ भन्नेबारे स्पष्ट संकेत दिएको छ ।

आगामी नोभेम्बरमा हुने आम चुनावमा यो लहर अझ तीव्र रूपमा देखिन सक्ने अनुमान गरिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com