अमेरिकी पत्रकार टाइसको हत्याको आदेश सिरियाका पूर्व राष्ट्रपति असदले दिएको निकट सहयोगीको खुलासा


प्रकाशित मिति : जेष्ठ ३१, २०८२ शनिबार

सिरियाका पूर्व राष्ट्रपति बशर अल असदका निकट सहयोगी मेजर जनरल बासम अल हसनले असदले अमेरिकी पत्रकार अष्टिन टाइसको हत्या आदेश दिएको खुलासा गरेका छन ।

अमेरिकी पत्रकार टाइसको अपहरण र त्यसपछि उनको हत्या भएको थियो । अल हसन पूर्व राष्ट्रपति असदको रिपब्लिकन गार्डका पूर्व कमाण्डर र राष्ट्रिय रक्षा बलका प्रमुख थिए ।

२०१२ मा टाइसको अपहरणपछि उनलाई थुनेको स्थानका प्रमुख पनि उनी थिए । उनले लिवानमा अमेरिकी अधिकारीहरूसँग कम्तिमा तीन पटक भेट गरेका थिए । जुन भेट एक पटक अमेरिकी दूतावासमा पनि भएको बताइएको छ।

अल हसनका अनुसार उनले असदलाई टाइसको हत्या नगर्न आग्रह गरेका थिए । तर असदले आदेश दिएका थिए र त्यो आदेश कार्यान्वयन भएको थियो । अल हसनले टाइसको शवको सम्भावित स्थान पनि बताएको बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अल हसनका दाबीहरूको सत्यता पुष्टि गर्न अमेरिकी अधिकारीहरूले अनुसन्धान जारी राखेका छन् । अल हसनलाई बेलायत, युरोपियन युनियन, क्यानडा र अमेरिकाले प्रतिबन्ध लगाएका छन् ।

अल हसनको दाबीमा असदले प्रत्यक्ष हत्या आदेश दिएको कुरामा पश्चिमी गुप्तचर निकायहरू शंका व्यक्त गरेका छन् । किनकि असदले यस्ता कार्यहरूबाट आफूलाई टाढा राख्ने प्रयास गरेका छन् ।

अष्टिन टाइस पूर्व अमेरिकी मरीन र स्वतन्त्र पत्रकार थिए । २०१२ मा दमास्कस नजिकैको डारयामा रिपोर्टिङ गर्दै गर्दा अपहरण भएका थिए ।

उनको अन्तिम भिडियो अपहरणपछि केही हप्ता पछि सार्वजनिक भएको थियो । जसमा उनी आँखा पट्टी बाँधिएको र बन्दी बनाइएको अवस्थामा देखिएका थिए । अल हसनका दाबीले टाइसको अवस्थाबारे नयाँ आशा र चिन्ता दुवै ल्याएको छ ।

अल हसनको खुलासाले अष्टिन टाइसको अपहरण र त्यसपछि उनको हत्यासम्बन्धी नयाँ जानकारी ल्याएको छ । जसले यस घटनामा संलग्न व्यक्तिहरूको जिम्मेवारी निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com