विदेशमन्त्री रुबियोले भने: अमेरिकालाई जानकारी दिएरै इरानमाथि इजरायलले आक्रमण गर्यो


प्रकाशित मिति : जेष्ठ २९, २०८२ बिहीबार

photo by Freddie Everett

इजरायलले इरानमाथि आक्रमण गरेपछि अमेरिका र इरानबीच वार्तालाई थप संकटमा पार्दै क्षेत्रीय युद्धको खतरा बढेको छ ।

इजरायलले इरानको आणविक कार्यक्रम र सैन्य स्थलहरूलाई लक्षित गर्दै ‘अपरेसन राइजिङ्ग लाइन’ दिइएको ठूलो हवाई आक्रमण सुरु गरेपछि पश्चिम एसियामा तनाव तीव्र बनेको हो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू ले इरानले उच्च स्तरको युरेनियम संवर्द्धन गरी हतियार बनाउने क्रम चलाउन थालेकाले आक्रमण आवश्यक रहेको दावी गरेका छन ।

इजरायलले आवश्यक ठानेसम्म आक्रमण जारी रहने उनले बताएका छन । इजरायलले राष्ट्रिय आपतकाल घोषणा गर्दै प्रतिआक्रमणको सम्भावना उच्च रहेको बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी विदेश मन्त्री मार्को रुबियो ले विज्ञप्ति जारी गर्दै इरानमाथिको आक्रमणमा अमेरिका संलग्न छैन भनेर भनेका छन । अमेरिकाको प्राथमिकता क्षेत्रका अमेरिकी फौजको सुरक्षा हो भनेर उनले भनेका छन ।

इरानले अमेरिकी स्वार्थ र कर्मचारीमाथि हमला नगर्ने उनले विश्वास गरेका छन । रुबियोले बताएअनुसार, इजरायलले अमेरिकालाई यस कारबाहीबारे जानकारी दिएको थियो । यसलाई ‘आफ्नो आत्म रक्षाका लागि आवश्यक’ भनेको थियो।

अमेरिकी राजदूतावासले इराकबाट आंशिक रूपमा कर्मचारीहरूलाई हटाइसकेको छ । इजरायलमा रहेका अमेरिकी कर्मचारीहरूलाई तेलबिभ क्षेत्रमै सीमित राख्न निर्देशन दिइएको छ ।

अन्तर्राष्ट्रिय परमाणु उर्जा एजेन्सीले भर्खरै इरानले आणविक दायित्वहरू पूरा नगरेको रिपोर्ट प्रकाशित गरेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व प्रतिनिधि स्टीव विट्कफ आइतबार इरानी अधिकारीहरूसँग आणविक वार्ताको अर्को चरण गर्न तय गरिएको थियो । तर अब त्यो वार्ता अनिश्चित बनेको छ।

इजरायलको एकल कदमले इरानलाई प्रतिउत्तरमा धकेल्ने खतरा बढेको छ । अमेरिकाले आफ्ना फौज र दूतावासहरूलाई सुरक्षा दिन सक्रिय तयारी गरिरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com