Follow @khasokhasmag

काठमाडौंमा बिहानै भूकम्पको धक्का


प्रकाशित मिति : आश्विन १८, २०७४ बुधबार

काठमाडौं ।  काठमाडौंको मनमैजु केन्द्रविन्दु भएर बिहानै भूकम्पको धक्का महशुस गरिएको छ।

आज बिहान २ बजेर ४ मिनेट जाँदा काठमाडौंको मनमैजु आसपास केन्द्रविन्दु भएर ३ दशमलव ७ रेक्टर स्केलको भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का गोंगबु, नयाँबजार, स्वयम्भूलगायत आसपासका क्षेत्रमा पनि महशुस गरिएको थियो। २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पपछि परकम्प आउने क्रम अझै रोकिएको छैन्।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com