वृद्ध भत्ताले धानेको जिवन,


प्रकाशित मिति : आश्विन १९, २०७४ बिहीबार

सकुन्तला श्रेष्ठ उमेरले करिब ५२ वर्ष पुगिन उनको दैनिकि घरको कुनामा बसेरनै जान्छ । मेलापात जानु भनेको एकादेशको कथा जस्तै बनिसक्यो किनकी उनि करिब १५ वर्षदेखि नत काननै सुन्छीन नत बैशखी बिना हिडडुल नै गर्न सक्छिन । कुनै एक समय थियो उनि बाटोमा हिडडुल गर्ने सबैको प्रिय बनेकि सकुन्तला आज के गर्दै छिन कसैले मेसो पाउदैन ।

बीस वर्ष पहिले ददिबहादुर श्रेष्ठस“ग दोस्रो विवाह गरेकी सकुन्तला र ददिबहादुरको ६ वर्षको एक छोरा छ । ददिबहादुर आफ्नो श्रीमतीको उपचार गर्न नसकेर लाचार बनेका छन । डर्कमी र दुध बेचेर गुजारा चलाउने ददिबहादुर अहिले आफै पनि दम र मुटुको रोगले ग्रसित बनेका छन् । उमेरले ७२ वर्ष पार गरेका उनको आएस्रोत केबल वृद्ध भत्तामा सीमित भएको छ । न त उनी डर्कमी काम नै गर्न सक्छन् न त वस्तुभाउ नै पाल्न सक्छन् । आफ्नै उपचारको लागी मासिक ५ देखि ७ हजार सम्म खर्चिनु पर्ने गुनासो पोखे । १५ वर्ष देखि थलिएकी श्रीमतीलाई सहानभुतिको नाममा डोराएर बाहिर भित्र गराउनु सिवाए केहि गर्न सकेका छैनन् । कसैको सहयोग पाए श्रीमतीको उपचार हुने थियो कि भन्ने आसमा दिन बिताउन थालेका छन् । वृद्ध भत्ताबाट आएको रकमले छोरा पढाउननै गाह्रो भएको अवस्थामा अरु आवस्यकता कसरी पुरा गर्न सक्छु यता आफ्नो औषधि उता रोगी श्रीमतीको उपचार यो भत्ताले मात्रै गर्न नसक्ने बताए ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com