एमाले -माओवादीको साझा घोषणापत्र, नयाँ शक्तिको चुनाव चिन्ह सूर्य
प्रकाशित मिति : आश्विन १७, २०७४ मंगलबार
नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भएको छ । सहमति अनुसार आगामी संघीय र प्रदेशको चुनावमा एमाले ६० र माओवादी ४०प्रत्शितको सीट संख्यामा चुनावी तालमेल गर्ने भएका छन् ।
एमाले र माओवादी केन्द्र एउटै चुनाव चिन्ह लिएर लड्न चाहे पनि प्राविधक कारणबाट असम्भव भएको बताइएको छ। तर नयाँ शक्ति भने चुनाव चिन्ह सूर्य लिएर चुनावमा जाने भएको छ ।

मंगलबार भएको दुवै पार्टीका शिर्ष नेताहरको बैठकले दुवै पार्टी बीच पार्टी एकता गर्न सात सदस्यीय पार्टी एकता संयोजन समिति बनाएको छ । समितिमा एमालेबाट ४, माओवादी केन्द्रबाट ३ र नयाँ शक्तिबाट १ सदस्य छन् ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
नेपालको कम्युनिस्ट आन्दोलनकै इतिहासमा यो सबैभन्दा ठूलो र ऐतिहासिक घोषणा भएको माओवादी नेता बर्षमान पुनले बताएका छन् ।







