एमाले, माओवादी र नयाँ शक्तिबीच चुनावी तालमेल, चुनावपछि एकता (सहमतिको पूर्ण पाठ)


प्रकाशित मिति : आश्विन १७, २०७४ मंगलबार

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच प्रदेश सभा र प्रतिनिधिसभा चुनावमा तालमेल गरेर अघि बढ्ने सहमति गरेको छ ।

आज तीन पार्टीबीच भएको सहमतिमा चुनाव लगतै एउटै कम्युनिष्ट पार्टी बनाउनेसहित ६ बुँदे सहमति गरेको छ । सहमतिकर्ता दलका नेताहरुले यो सहमतिलाई ऐतिहासिक भनेका छन् ।

सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् ।

तीन पार्टीबीच पार्टी एकताको लागि भएको ६ बुँदे सहमतिको सारांश यस्तो छ :

-तीन पार्टीबीच एकीकरण गरी एउटै पार्टी निर्माण गर्ने उद्देश्यका साथ हाललाई ८ सदस्यीय पार्टी एकता संयोजन समिति गठन गर्ने ।
-समितिमा एमालेबाट ४, माओावदीबाट ३ र नयाँशक्तिबाट १ नेता रहने ।
-विस्तृत खाका र योजना यही समितिले तयार पार्ने ।
-पार्टीको नीति र विधान तयार पार्न दस्तावेज मस्यौदा समिति गठन गर्ने ।
-प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि एकीकरण सम्पन्न गर्ने ।
-अब बन्ने पार्टीको मुद्दामा बहस गर्न सकिने ।
-सार्वजनिक रुपमा नकारात्मक टिप्पणी नगर्ने ।
-आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाका निर्वाचनमा माओवादीलाई ४० र एमालेलाई ६० प्रतिशत हुने गरी तालमेल गर्ने ।
-निर्वाचनमा साझा घोषणा पत्र तयार पार्ने ।
-प्रतिनिधि सभा निर्वाचन घोषणा पत्र मस्यौंदा समिति तयार गर्ने ।
-निर्वाचनमा तालमेलका लागि अन्य शक्तिलाई पनि आह्वान गर्ने ।

सहमतिको पूर्ण पाठ

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com