न्यायाधीशद्वारा हार्वर्डमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न अनुमति दिने आदेश


प्रकाशित मिति : जेष्ठ १५, २०८२ बिहीबार

विद्यार्थीहरूले भिसा अस्वीकृति र खारेजीको सामना गरिरहेका बेला बिहीबार एक संघीय न्यायाधीशले ट्रम्प प्रशासनको हार्वर्डमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना रोक्ने प्रयासलाई अवरुद्ध गरेका छन्। न्यायाधीश एलिसन डी बुरोजले गत साता जारी गरेको अस्थायी प्रतिबन्ध आदेशलाई प्रारम्भिक निषेधाज्ञा जारी नभएसम्म कायम रहन आदेश दिएका हुन्।

यो निर्णयले हार्वर्डलाई ट्रम्प प्रशासनसँगको चलिरहेको विवादमा एक महत्त्वपूर्ण जित प्रदान गरेको छ। हार्वर्डले न्यायाधीश बुरोजलाई सरकारको कदमले अपूरणीय क्षति पुर्‍याउने तर्क गर्दै अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना रोक्ने ट्रम्प प्रशासनको प्रयासलाई रोक्न आग्रह गरेको थियो।

ट्रम्प प्रशासनले न्यायाधीशको निर्णयलाई रोक्न अन्तिम मिनेटमा विश्वविद्यालयलाई आफ्ना मागहरूको जवाफ दिन ३० दिनको थप समय दिने सूचना पठाएर प्रयास गरेको थियो, जुन हार्वर्डका वकिलहरूसँग संघीय अदालतमा बहस हुनुभन्दा केही घण्टा अगाडि थियो।

तर, न्यायाधीश एलिसन डी बुरोजले विद्यार्थी भिसाहरू ढिलाइ वा खारेज भइरहेको चिन्ता दोहोर्‍याउँदै निषेधाज्ञा जारी गरेको बताएकी छिन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकारले विश्वविद्यालयलाई विदेशबाट विद्यार्थी भर्ना गर्ने अधिकार खोस्ने घोषणा गरेपछि हार्वर्डले गत साता ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको थियो। मुद्दा दायर भएको केही घण्टापछि, न्यायाधीश बुरोजले ती प्रयासहरूमाथि छोटो अवधिको प्रतिबन्ध जारी गरेकी थिइन्।

अन्तर्राष्ट्रिय विद्यार्थीहरू हार्वर्डको विद्यार्थी संख्याको करिब एक चौथाइ हिस्सा ओगट्छन् र विश्वविद्यालयको शैक्षिक तथा आर्थिक पक्षका लागि महत्त्वपूर्ण छन्। विश्वविद्यालयले मुद्दा चलिरहँदा समरका लागि क्याम्पस छोडेका धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरू आफ्नो पढाइका लागि हार्वर्ड फर्कन सकून् भनेर समयावधि विस्तारको माग गरेको थियो। विस्तारले विदेशबाट आउने प्रथम वर्षका विद्यार्थीहरूलाई आफ्ना योजनाहरू अगाडि बढाउन बाटो खुला गर्नेछ।

ट्रम्प प्रशासनले हार्वर्डले क्याम्पसमा यहूदी विरोधी व्यवहार नियन्त्रण गर्न नसकेको लगायतका आरोपहरू लगाउँदै अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्ने अधिकार गुमाएको तर्क गरेको छ। हार्वर्डका नेताहरूले यहूदी-विरोधी समस्याहरू भएको स्वीकार गरेका छन्, तर स्कूलले त्यसलाई सम्बोधन गर्न धेरै कदमहरू चालेको बताएका छन्।

हार्वर्डका वकिलहरूले ट्रम्प प्रशासनको अन्तर्राष्ट्रिय विद्यार्थीमाथिको प्रतिबन्ध गैरकानुनी र देशको सबैभन्दा धनी विश्वविद्यालयविरुद्ध राजनीतिक अभियानको संकेत भएको तर्क गरेका छन्।

राष्ट्रपति ट्रम्पले विश्वविद्यालयको राजनीतिक विचारधारा र प्राध्यापकहरूलाई आक्रमण गर्ने सामाजिक सञ्जाल पोस्टहरूको आधारमा, हार्वर्डका वकिलहरूले प्रतिबन्ध निराधार र प्रतिशोधात्मक भएको तर्क गरेका छन्। प्रमाणको रूपमा उनीहरूले ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा विश्वविद्यालयलाई आक्रमण गर्ने पोस्टहरू गरेको उल्लेख गरेका छन्।

न्यायाधीश बुरोजले विश्वविद्यालयको अनुरोधमा हार्वर्डका विद्यार्थीहरूलाई अमेरिकामा प्रवेशको बाटो खुला गर्न प्रशासनलाई आदेश दिने निर्णय पनि गर्ने अपेक्षा गरिएको थियो। विश्वविद्यालयले विद्यार्थीहरूले दूतावास र कन्सुलेटहरूमा पहिले नै अवरोधहरूको सामना गर्नुपरेको गुनासो गरेको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com