हार्वर्ड विश्वविद्यालयबाट खोसिएको ३ बिलियन डलर व्यावसायिक विद्यालयहरूलाई दिने ट्रम्पको प्रस्ताव


प्रकाशित मिति : जेष्ठ १२, २०८२ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालयबाट खोसिएको ३ बिलियन अमेरिकी डलरको अनुदान रकम देशभरका व्यावसायिक विद्यालयहरूलाई दिने प्रस्ताव गरेका छन्।

ट्रम्पले आफ्नो ‘ट्रुथ सोसियल’ मा लेखेका छन्, “म अहिले तीन बिलियन डलर अनुदान रकम एक अति यहूदीविरोधी हार्वर्डबाट हटाएर देशभरका ट्रेड स्कुलहरूलाई दिने विचार गरिरहेको छु।”

यो सन्देश मेमोरियल डे को अवसरमा ट्रम्पले दिएका थुप्रै सामाजिक सञ्जाल पोस्टहरूमध्ये एक हो। उक्त पोस्टले नयाँ रकम कटौती नभई, पूर्वघोषित रूपमा रोकेको वा हटाइएको रकम पुनः वितरण गर्ने विचार प्रकट गरेको देखिन्छ। तर, ट्रम्पले यो योजना कसरी कार्यान्वयन हुने हो भन्नेबारे कुनै स्पष्ट विवरण दिएका छैनन्।

ट्रम्पको सो पोस्टसँगै हार्वर्डले “विदेशी विद्यार्थीहरूको सूची” दिनेमा ढिलाइ गरेको आरोपसमेत उनले लगाए। उनले भने, “कट्टरपन्थी सोच भएका विदेशी विद्यार्थीहरूलाई हाम्रो देशमा पुनः प्रवेश दिइनु हुँदैन भन्ने मूल्यांकन गर्न यस्तो सूची आवश्यक छ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सङ्घीय सरकारले पहिले नै हार्वर्डमा अध्ययनरत लगभग ६ हजार ८०० अन्तर्राष्ट्रिय विद्यार्थीहरूको नाम र मुलुकको विवरण भिसा प्रणालीमार्फत राखेको हुन्छ। तर, ट्रम्प प्रशासनले हार्वर्डसँग ती विद्यार्थीहरूको अनुशासनसम्बन्धी रेकर्ड तथा विद्यार्थी प्रदर्शनहरूको भिडियो फुटेज पनि माग गरेको थियो। हार्वर्डले तीमध्ये केही मागहरूमा मात्र सहयोग गरेको छ।

अनुसन्धान बजेटमा आघात

ट्रम्प प्रशासनले रोकेको हार्वर्डको अधिकांश रकम रोगसम्बन्धी वैज्ञानिक अनुसन्धानमा प्रयोग हुने रकम हो। सबैभन्दा धेरै असर क्षयरोग नियन्त्रण र मल्टिपल स्क्लेरोसिसको कारण पत्ता लगाउने अनुसन्धानमा परेको छ। तर यस्ता अनुसन्धान कार्यहरू सामान्यतया व्यावसायिक विद्यालयहरूमा हुँदैनन्, जहाँ अटोमोटिभ मर्मतदेखि कस्मेटोलोजीसम्मका व्यवहारिक सीपहरू सिकाइन्छन्।

ट्रेड स्कुल सङ्घको समर्थन

व्यावसायिक तथा नाफामुखी कलेजहरूको सङ्घको नेतृत्व गरिरहेका जेसन अल्टमायरले ट्रम्पको प्रस्तावको स्वागत गर्दै भने, “फेडरल सरकारबाट हाम्रो सदस्य संस्थाहरूलाई सघाउने सबैभन्दा राम्रो उपाय भनेको तिनीहरूमाथि गरिने नियमन घटाउनु हो।” उनले ट्रम्पले यस दिशामा पहिले नै महत्त्वपूर्ण कदम चालेको बताए।

‘अमेरिकन एकेडेमी’ को प्रस्ताव

चुनाव अभियानका क्रममा ट्रम्पले “अत्यधिक ठूला निजी विश्वविद्यालयहरूको कोषमाथि कर, जरिवाना वा मुद्दा हालेर सङ्कलन गरिने अरबौं डलर” प्रयोग गरेर “अमेरिकन एकेडेमी” भन्ने नयाँ संस्थाको घोषणा गरेका थिए। उनको भनाइ अनुसार, सो संस्थाले “सम्पूर्ण मानव ज्ञान र सीपहरूको उत्कृष्ट सामग्रीहरू सङ्कलन गरेर, ती सबै सामग्रीहरू अमेरिकाका प्रत्येक नागरिकलाई अनलाइनमार्फत निःशुल्क उपलब्ध गराउनेछ।”

हार्वर्ड र ह्वाइट हाउसबीच कानुनी लडाइँ

हार्वर्डले सङ्घीय अदालत, बोस्टनमा सरकारसँग ३ बिलियन डलरभन्दा बढी रकम पुनः प्राप्त गर्नका लागि मुद्दा हालेको छ। यस्तै, हार्वर्डले अन्तर्राष्ट्रिय विद्यार्थीहरू भर्ना गर्ने अधिकार खोस्ने ट्रम्पको प्रयासविरुद्ध अर्को छुट्टै मुद्दा पनि लडिरहेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com