अमेरिकामा होमल्याण्ड सेक्यूरिटीद्वारा संघीय न्यायाधीशको आलोचना
प्रकाशित मिति : जेष्ठ ७, २०८२ बुधबार
अमेरिकी डिर्पाटमेन्ट अफ होमल्याण्ड सेक्यूरिटीले संघीय न्यायाधीशको आदेशको आलोचना गरेको छ।
हिरासतमा राख्न आदेश गरिएका आप्रवासीहरूलाई देशनिकालाका गरी दक्षिण सुडान पठाइएको दाबी गरिएपछि यो आलोचना भएको हो ।
डिर्पाटमेन्ट अफ होमल्याण्ड सेक्यूरिटी अनुसार ती आठ आप्रवासीहरू “अत्यन्तै क्रूर अपराधीहरू” हुन् । जसले हत्या, बलात्कार, अपहरणजस्ता गम्भीर अपराध गरेका छन्।
संघीय न्यायाधीश ब्रायन मर्फीले मंगलबारको सुनुवाइमा अमेरिकी सरकारलाई चेतावनी दिँदै भनेका थिए । यदि सरकारले आप्रवासीहरूलाई तेस्रो मुलुकमा पठाउने प्रयास गरेमा ूअवहेलनाू को आरोप लाग्न सक्छ।
उनले १८ अप्रिलमा निर्णय सुनाउँदै अवैध आप्रवासीहरूलाई आफ्नै देशबाहेक अन्य मुलुकमा पठाइँदाँ चुनौती दिन पाउने “अर्थपूर्ण अवसर” सुनिश्चित गर्नुपर्ने आदेश दिएका थिए।
प्रवक्ता ले पत्रकार सम्मेलनमा भनिन्, “यीमध्ये प्रत्येकले हत्या, बलात्कार, बालक बलात्कार, मानसिक र शारीरिक अपांग व्यक्तिमाथिको बलात्कारजस्ता जघन्य अपराध गरेका छन्।”
उनले थपिन्, “एक अमेरिकी न्यायाधीशले विदेशी नीति र राष्ट्रिय सुरक्षालाई निर्देश दिने प्रयास गर्नु नै हास्यास्पद हो।”
आप्रवासन तथा सीमा प्रवर्तन निकाय आइसका का निर्देशक टड लायन्सले भने, “यदि ती आप्रवासीको मातृदेशले आफ्ना नागरिकहरूलाई फिर्ता लिन अस्वीकार गर्छ भने हामीसँग तेस्रो सुरक्षित देशमा पठाउने विकल्प रहन्छ।”
तर ती आप्रवासीलाई अन्ततः कहाँ पठाइने भन्ने जानकारी भने दिइएको छैन।
प्राप्त रिपोर्टहरूअनुसार ट्रम्प प्रशासनले विभिन्न देशहरूसँग आप्रवासीलाई फिर्ता लिन वा ग्रहण गर्न आग्रह गरेको छ। रुवाण्डाले अमेरिकासँग त्यस्तो छलफल भएको पुष्टि गरिसकेको छ ।
बुधबार दिउँसो फेरि एक सुनुवाइ हुने तयारी छ । जसमा आप्रवासन सम्बन्धी वकिलहरूले ती आप्रवासीहरूको देशनिकाला रोक्न आपतकालीन आदेश माग गरेका छन्।
मंगलबारको सुनुवाइमा न्यायाधीशले जहाज फर्काउन भने निर्देशन दिएनन् । तर ती आप्रवासीहरू सरकारको हिरासतमै राख्नुपर्ने र “मानवीय व्यवहार” गर्नुपर्ने आदेश दिएका थिए।
यो मुद्दा अमेरिकी आप्रवासन नीति, मानवअधिकार, र अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्धहरूसँग गाँसिएको गम्भीर विवादका रूपमा हेरिएको छ।






