क्यानडा पनि अमेरिकी मिसाइल रक्षा प्रणाली ‘गोल्डेन डोम’ मा सहभागी हुने तयारीमा


प्रकाशित मिति : जेष्ठ ७, २०८२ बुधबार

क्यानाडाली सरकारले अमेरिकासँग प्रस्तावित गोल्डेन डोम मिसाइल रक्षा प्रणालीमा सहभागी हुने विषयमा छलफल भइरहेको जनाएको छ। यो प्रणाली ‘आगामी पुस्ताका’हवाई खतराहरूको सामना गर्नका लागि निर्माण गर्न लागिएको हो।

प्रधानमन्त्री मार्क कार्नीको कार्यालयका अनुसार, अमेरिका र क्यानाडाबीच सुरक्षा सम्बन्धी हालको तथा नयाँ कार्यक्रम गोल्डेन डोम मा सहभागिताका लागि सक्रिय छलफलहरू भइरहेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार २५ बिलियन डलरको प्रारम्भिक लागतसहित नयाँ मिसाइल रक्षा प्रणाली सार्वजनिक गरेका थिए। उनले क्यानाडा उक्त परियोजनामा सहभागी हुन इच्छुक रहेको बताएका थिए।

यद्यपि विज्ञहरूले अमेरिका कसरी यस्तो व्यापक प्रणाली विकास गर्ने भन्नेमा शंका व्यक्त गरेका छन् । क्यानाडाको सहभागिता कस्तो हुने वा त्यसको लागत कति हुने भन्ने स्पष्ट छैन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले क्यानाडामाथि उच्च शुल्क लगाउने धम्की दिएको र क्यानाडालाई ‘अमेरिकी राज्य’ बनाएर ‘अझ राम्रो हुने’ भनेपछि दुई देशबीच चलिरहेको व्यापार तथा सुरक्षा वार्ता अझ चर्किएको छ।

यसले क्यानाडामा राष्ट्रभक्तिको लहर ल्याएको थियो । जसलाई प्रधानमन्त्री कार्नीको ऐतिहासिक चुनाव जितमा महत्त्वपूर्ण मानिएको छ।

प्रधानमन्त्रीका प्रवक्त्ता ओड्री चाम्पोले क्यानाडाली जनताले प्रधानमन्त्रीलाई अमेरिकासँग नयाँ सुरक्षा तथा आर्थिक सम्बन्ध बनाउन बलियो म्यान्डेट दिएका बताएकी छन्।’

प्रधानमन्त्री र उनका मन्त्रीहरूले अमेरिकी समकक्षीसँग व्यापक तथा रचनात्मक छलफल गरिरहेका छन्। ती छलफलमा नोर्ड मजबुत बनाउने र गोल्डेन डोम जस्ता परियोजनाहरू पनि समावेश छन्’ उनले भनिन्।

तर, उनले क्यानाडाले कति लगानी गर्ने वा यसले देशका लागि कसरी काम गर्ने भन्ने कुरामा अहिले नै केही भन्नु चाँडो हुने बताइन ।
ट्रम्पले मंगलबार भनेका थिए, ‘क्यानाडाले पनि रक्षा चाहन्छ। त्यसैले सधैंझैं, हामी उनीहरुलाई सहयोग गर्छौं।’

उनका अनुसार गोल्डेन डोम प्रणाली आफ्नो कार्यकालभित्रै सञ्चालनमा आउनेछ । यसको लागत १७५ बिलियन डलर हुनेछ। साथै, उनले क्यानाडाले ‘आफ्नो हिस्सा तिर्नु पर्ने’ बताए।

तर अमेरिकी विश्लेषकहरुले अन्तरिक्षसम्बन्धी भागहरूकै लागि २० वर्षमा कुल लागत ५४२ बिलियन डलर बजेट लाग्न सक्ने अनुमान गरेका छन ।

क्यानाडा र अमेरिका पहिल्यैदेखि नोर्ड प्रणालीमा सहकार्य गर्दै आएका छन् । जसले हवाई तथा समुद्री निगरानी, चेतावनी र रक्षा काम गर्छ। यो प्रणाली सन् १९५८ देखि संचालनमा छ । हालसालै यसलाई आधुनिकीकरण गर्ने छलफलहरू भइरहेका छन्।

गोल्डेन डोम प्रणालीले हाइपरसोनिक मिसाइलजस्ता उन्नत हवाई हतियारहरूको सामना गर्नका लागि निर्माण गरिने जनाइएको छ। यसमा अन्तरिक्षबाट निगरानी गर्ने उपग्रह र क्षेप्यास्त्र नष्ट गर्ने प्रणाली हुने बताइएको छ।

ट्रम्पका अनुसार यो प्रणालीले विश्वको अर्को छेउबाट प्रक्षेपण गरिएका, वा अन्तरिक्षबाट प्रक्षेपण गरिएका मिसाइलहरू पनि रोक्न सक्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com