ग्वान्टानामो बेमा आप्रवासी हिरासत : प्रतिदिन १ लाख डलर खर्च, सिनेटरद्वारा फजुल खर्चको आलोचना


प्रकाशित मिति : जेष्ठ ६, २०८२ मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्वान्टानामो बे नौसेना अड्डालाई आप्रवासीहरूलाई हिरासतमा राख्न प्रयोग गरेको खर्च प्रति बन्दी प्रतिदिन १ लाख डलर पर्ने देखिएको छ । अमेरिकी सिनेटर गेरी पीटर्सले मंगलबार एक सुनुवाइमा यस विषयमा बताएका हुन् । सिनेटर पीटर्सले यो खर्चलाई सरकारी कोषको फजुल खर्चको प्रमुख उदाहरणको रूपमा चित्रण गर्दै आलोचना गरे।

सिनेट होमल्यान्ड सेक्युरिटी र सरकारी मामिला समितिका शीर्ष डेमोक्र्याट सिनेटर पीटर्सले होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमलाई यो उच्च लागतबारे प्रश्न गरे। अमेरिकी आप्रवासन हिरासत सुविधाहरूमा प्रतिदिन १६५ डलर खर्च हुने गरेकोमा ग्वान्टानामोको लागत निकै महँगो रहेको उनले औंल्याए। उनले प्रश्न उठाए, ‘किन बन्दीहरूलाई क्युबाको अमेरिकी नौसेना अड्डामा पठाइन्छ र पछि करदाताको खर्चमा अमेरिकामा फिर्ता ल्याइन्छ ?’

‘हामी ग्वान्टानामोमा एक व्यक्तिलाई राख्न प्रतिदिन १ लाख डलर खर्च गरिरहेका छौं’, पीटर्सले भने- ‘हामी तिनीहरूलाई त्यहाँ केही समय राख्छौं, त्यसपछि संयुक्त राज्य अमेरिकामा फिर्ता ल्याउँछौं, जबकि हामी तिनीहरूलाई यहाँ १६५ डलर प्रतिदिनमा राख्न सक्थियौं। यो निकै अस्वीकार्य छ।’

ह्वाइट हाउसले ट्रम्पको सामूहिक निर्वासन नीति कार्यान्वयन गर्न आप्रवासन प्रवर्तनका लागि ठूलो रकम वृद्धिको माग गरेको छ। प्रशासनले आगामी आर्थिक वर्ष २०२६ (अक्टोबर १ देखि शुरू) को लागि होमल्यान्ड सेक्युरिटी विभागलाई थप ४४ अर्ब डलरको माग कंग्रेससँग गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सुनुवाइमा उपस्थित सचिव नोएमले ग्वान्टानामो बेमा आप्रवासी राख्न प्रतिदिन लाग्ने लागतबारे जानकारी नभएको बताइन्। होमल्यान्ड सेक्युरिटी विभागकी प्रवक्ता ट्रिसिया म्याकलाफलिनले विज्ञप्तिमा भनिन्,’राष्ट्रपति ट्रम्प अमेरिकी नागरिकको सुरक्षाप्रति प्रतिबद्ध छन्।’

एक अमेरिकी अधिकारीका अनुसार, हाल ग्वान्टानामोमा करिब ७० आप्रवासी हिरासतमा छन्। अमेरिकी नागरिक स्वतन्त्रता संघ (एसीएलयू)ले गत मार्चमा १० आप्रवासीहरूलाई उक्त अड्डामा स्थानान्तरण हुनबाट रोक्न मुद्दा दायर गरेको थियो। एसीएलयूका अनुसार, त्यहाँका आप्रवासीहरूलाई कम्तीमा २३ घण्टा झ्यालविहीन कोठामा राखिएको छ, उनीहरूमाथि आक्रामक स्ट्रिप सर्च गरिएको छ र परिवारसँग सम्पर्क गर्न दिइएको छैन। केहीले आत्महत्याको प्रयास गरेको पनि दाबी गरिएको छ।

समितिका रिपब्लिकन अध्यक्ष सिनेटर र्‍यान्ड पलले अमेरिका-मेक्सिको सीमामा थप पर्खाल निर्माणका लागि प्रस्तावित ४६.५ अर्ब डलरको खर्चमाथि पनि प्रश्न उठाए। ट्रम्पको कार्यकालमा गैरकानुनी सीमा पार गर्ने आप्रवासीहरूको संख्या निकै घटेकोले यस्तो खर्च आवश्यक नरहेको उनको तर्क छ। ‘म यो भनिरहेको छैन कि नयाँ पैसा आवश्यक छैन’, पलले भने – ‘तर. सीमा गस्तीका लागि थप रकम उचित सीमाभित्र हुनुपर्छ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com