ट्रम्पको ‘बिग, ब्यूटिफुल बिल’ लाई आफ्नै पार्टीका सांसदहरुले रुचाएनन्


प्रकाशित मिति : जेष्ठ २, २०८२ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयदेखि प्रचार गर्दै आएको ‘बिग, ब्यूटिफुल बिल’ नामक विधेयक अमेरिकी कांग्रेसमा अस्वीकृत भएको छ ।

विशेषतः राष्ट्रपति ट्रम्पकै रिपब्लिकन पार्टीका पाँच जना सांसदहरूले डेमोक्र्याटहरूसँग मिलेर विधेयकको विपक्षमा मतदान गरेपछि विधेयक अस्वीकृत भएको हो ।

यो घटनाले ट्रम्प प्रशासनको सन् २०२५ को पहिलो प्रमुख कानुनी प्रयासमा धक्का पुर्याएको छ। रिपब्लिकन सांसदहरूबीच यस विधेयकमा मतभेद रहेको छ ।

केही कडा धारणाका सांसदहरूले अझ बढी खर्च कटौतीको माग गरिरहेका छन् । केहीले कम आय भएका अमेरिकीहरूका लागि महत्त्वपूर्ण कार्यक्रम मेडिकेडमा कटौतीको विरोध गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विरोध गर्ने पाँच रिपब्लिकन सांसदहरूले जबसम्म सभामुख माइक जोनसनले मेडिकेडमा थप कटौती र डेमोक्र्याटहरूद्वारा कार्यान्वयनमा ल्याइएका हरित उर्जा कर छुटहरूको पूर्ण रूपमा खारेज समेटिएको संस्करण पेश गर्दैनन्, तबसम्म उनीहरूले समर्थन नजनाउने बताएका छन।

टेक्सासका रिपब्लिकन सांसद चिप रोयले यो विधेयकले घाटा घटाउने भन्ने दाबीमा पनि खरो नउत्रिएको र पूर्ण रूपमा अपुग भएको बताएका छन ।

विधेयक असफल भएपछि राष्ट्रपति ट्रम्पले टुथ सोसियलमा लेखे, ‘हामीलाई रिपब्लिकन पार्टीमा ‘ग्रान्डस्ट्याण्डरु चाहिएको छैन। कुरा नगर, काम गर’

यस वर्ष उनले कांग्रेसमा अन्य कानुनहरू पारित गराउँदा आवश्यक समर्थन जुटाएका थिए । तर यो विधेयक असफल हुँदा उनको राजनीतिक एजेन्डामा धक्का लागेको छ।

उक्त प्रस्तावित विधेयकले ट्रम्पको पहिलो कार्यकालमा पारित गरिएको कर कटौतीलाई विस्तार गर्न खोजेको छ । यसमा टिप्समा कर नलगाउने नीति पनि समावेश गरिएको छ । जसलाई ट्रम्पले विशेष गरी प्रचार गरेका छन्।

तर आलोचकहरूले भनेका छन् कि यो विधेयकले धनी अमेरिकीहरूलाई फाइदा पुर्याउने बताएका छन । कांग्रेसको द्विपक्षीय संयुक्त कर समिति का अनुसार यदि यो विधेयक पारित भयो भने आगामी १० वर्षमा कर राजस्वमा ३.७२ ट्रिलियन डलर को घाटा हुनेछ।

डेमोक्र्याट सांसदहरूले विधेयकमा मेडिकेड र एसीए मा खर्च कटौतीको कडा विरोध गरेका छन् । एसीए मार्फत लाखौं अमेरिकीले अनुदान स्वास्थ्य बीमा प्राप्त गरिरहेका छन्।

विधेयक असफल भए पनि यसको सम्भावना पूर्ण रूपमा समाप्त भइसकेको छैन। तर यस असफलताले ट्रम्प प्रशासनको घरेलु एजेन्डामा ठूलो चोट पुर्याएको भने देखिएको छ । यसले पार्टीभित्रैको विभाजन उजागर गरेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com