कैदीको हत्या लुकाउन रगत सफा गरेको न्यूयोर्कको कारागार सुरक्षाकर्मीद्वारा स्वीकार


प्रकाशित मिति : बैशाख ३१, २०८२ बुधबार

न्यूयोर्कको कारागार सुरक्षाकर्मीले कैदीको हत्या लुकाउन रगत सफा गरेको स्वीकार गरेका छन । कैदीको कुटपिटबाट भएको मृत्यु पछिको रगत सफा गरेर प्रमाण नष्ट गर्ने प्रयास गरेको कुरा अदालतमा स्वीकार गरेका हुन ।

निकोलस जेन्टाइलले मार्सी सुधार गृह मा डिसेम्बर ९ मा भएको रोबर्ट ब्रुक्सको कुटपिट घटनामा शारीरिक प्रमाण नष्ट गर्ने प्रयास गरेको अभियोगमा साना अपराध अन्तर्गत दोषी ठहरिएको हो ।

जेन्टाइल ३६ ब्रुक्सको मृत्यु प्रकरणमा फेब्रुअरी महिनामा अभियोग लगाइएका १० सुरक्षाकर्मीमध्ये एक हुन् । तीमध्ये ६ जनामाथि दोस्रो दर्जाको हत्या को आरोप लागेको छ। जेन्टाइलमाथि सुरुमा फेलोनी अर्थात गम्भीर अपराध अन्तर्गत शारीरिक प्रमाण नष्ट गर्ने अभियोग लगाइएको थियो।

न्यायाधीश र सरकारी वकिलको प्रश्नोत्तरमा जेन्टाइलले अन्य सुरक्षाकर्मीहरूले गरेको आक्रमणको जानकारी हुँदाहुँदै ब्रुक्सको रगत सफा गरेको र त्यसको कुनै विवरण नलेखेको स्वीकार गरे।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शारीरिक प्रमाण नष्ट गर्ने प्रयासको आरोपमा दोषी ठहरिएपछि जेन्टाइललाई एक वर्षको सर्तसहितको रिहाइ गरिएको छ । यदि उनले आफ्नो जागिरबाट राजीनामा दिन्छन् र कानूनको पालना गर्छन् भने जेल जानुपर्ने छैन । । साथै, उनले अपील गर्ने अधिकार पनि त्यागेका छन्। उनले अदालतमा कुनै टिप्पणी गरेनन्।

रोबर्ट ब्रुक्सले पहिलो दर्जाको आक्रमण आरोपमा १२ वर्षको सजाय भोगिरहेका थिए । उनी २०१७ मा कैदमा परेका थिए। डिसेम्बर ९ मा उनलाई मार्सी सुधार गृहमा सारिएको थियो।

विशेष अभियोजक विलियम फिट्जप्याट्रिकका अनुसार, उक्त रात ब्रुक्सलाई तीनपटक कुटपिट गरिएको थियो । अन्तिमपटकको आक्रमण क्यामेरामा कैद भएको थियो। ४३ बर्षका ब्रुक्सको मृत्यु भोलिपल्ट घोषणा गरिएको थियो।

यही घटनाले सार्वजनिक आलोचना र सुधारको माग निम्त्याएको थियो । भिडिओमा ब्रुक्सको हात पछाडि बाँधिएको अवस्थामा सुरक्षाकर्मीहरूले उनलाई कुटिरहेका देखिन्छ ।

हत्याको आरोप लागेका सुरक्षाकर्मी क्रिस्टोफर वालराथले यसै महिनाको सुरुवातमा पहिलो दर्जाको हत्या प्रयास मा दोषी स्वीकार गरिसकेका छन्।

अन्य तीन कारागार कर्मचारीले पनि सम्झौता गरिसकेको भए तापनि औपचारिक रूपमा दोषी ठहर भएको घोषणा भने भएको छैन।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com