इजरायली अमेरिकी नागरिक अलेक्ज्यान्डर हमासद्वारा मुक्त


प्रकाशित मिति : बैशाख २९, २०८२ सोमबार

Palestinians walk on a dirt road lined with building rubble in the Shujaiya neighbourhood of Gaza City on October 7, 2024, on the first anniversary of the ongoing war in the Gaza Strip between Israel and the Palestinian Hamas group. (Photo by Omar AL-QATTAA / AFP)

इजरायली अमेरिकी नागरिक एडन अलेक्ज्यान्डरलाई इजरायली सेनालाई हमासले हस्तान्तरण गरेको छ । उनलाई हमासले १९ महिनादेखि बन्धक बनाएको थियो । हमासले यो कदम सम्भावित युद्धविराम सम्झौताका लागि ‘सद्भावना’ का रूपमा चालेको जनाएको छ।

२१ वर्षीय अलेक्ज्यान्डर सन् २०२३ अक्टोबर ७ मा हमास लडाकुहरूद्वारा अपहरण गरिँदा गाजाको सिमानामा इजरायली सेनामा कार्यरत रहेका थिए ।

सोमबार, इजरायलले उनलाई हस्तान्तरण गर्नका लागि केही घण्टाका लागि गाजामा आफ्नो सैन्य कारबाही रोकेको थियो । हमासका एक वरिष्ठ नेताले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यपूर्व भ्रमणअघि यो कदम चालिएको बताए।

अलेक्ज्यान्डर हमासको कब्जामा रहेका र जीवित रहेका अन्तिम अमेरिकी नागरिक भएको विश्वास गरिन्छ। उनको रिहाइपछि ट्रम्पले उनको परिवारलाई बधाई दिएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनको परिवारले जारी गरेको वक्तव्यमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन् । बाँकी रहेका ५८ बन्धकहरूको रिहाइका लागि इजरायली सरकार तथा वार्ताकारहरूलाई थप प्रयास गर्न आह्वान गरेका छन्।

अलेक्ज्यान्डर हमासले १८ मार्चमा युद्धविराम सकिएपछि इजरायलले पुनः आक्रमण सुरु गरेपछिको पहिलो रिहा गरिएका बन्धक हुन्।

सोमबार, गाजाको दक्षिणी शहर खान युनुसमा मुख ढाकेका हमास लडाकुहरूद्वारा उनलाई रेडक्रसकर्मीहरूलाई हस्तान्तरण गरिएको देखिएको थियो । इजरायली सेनाले ूसुरक्षित मार्गू उपलब्ध गराएको बताएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो एक्स खातामा सेयर गरेको भिडियोमा अलेक्ज्यान्डरकी आमाले छोरा एडनसँग फोनमा कुरा गरिरहेको देखिन्छ।

तेल अवीवमा उनका समर्थकहरूले अलेक्ज्यान्डरको रिहाइ मनाएका थिए। नेतान्याहुले यो क्षणलाई ‘एकदम भावुक’ भनेका छन् र राष्ट्रपति ट्रम्पलाई समर्थनका लागि धन्यवाद दिएका छन्।

नेतान्याहुले अलेक्ज्यान्डरको रिहाइ हमासमाथि गरिएको सैन्य दबाब र ट्रम्पको राजनीतिक दबाबकै कारण सम्भव भएको बताएका छन्।
तर उनले भने, इजरायलले गाजामा सैन्य कारबाहीलाई अझ तीव्र बनाउने योजना अनुसार अघि बढ्ने र कुनै युद्धविराम नहुने बताएका छन्।

हमासले अलेक्ज्यान्डरको रिहाइ गाजामा मानवीय सहायता प्रवाहका लागि सहमति बनाउन सहयोग पुर्याउने उद्देश्यका रूपमा भएको बताएको छ।

इजरायलले गाजामा ७० दिनदेखि खाद्य, औषधि र अन्य मानवीय सहायता प्रवेशमा रोक लगाएको छ। सहायता संस्थाहरूले यसलाई ूभोकमरीको नीतिू भन्दै सम्भावित युद्ध अपराधको रूपमा व्याख्या गरेका छन्।

हमासले विगतमा युद्ध समाप्त हुने सर्तमा मात्र सम्झौता गर्न तयार रहेको बताएको छ, जुन नेतान्याहुले पटक–पटक अस्वीकार गर्दै आएका छन्।

पूर्वराष्ट्रपति ट्रम्प मंगलवार मध्यपूर्व आउन लागेका छन्। यदि कुनै सम्झौता भएन भने, इजरायलले हमासमाथि थप सैन्य कारबाही गर्ने चेतावनी दिएको छ।

इजरायली अधिकारीहरू बिहीबार कतार जाने र थप बन्धकहरूको रिहाइसम्बन्धी प्रस्तावमा छलफल गर्ने तयारीमा छन्। कतार र इजिप्टले अलेक्ज्यान्डरको रिहाइलाई सम्भावित नयाँ युद्धविराम वार्ताका लागि उत्साहजनक संकेत भनेका छन्।

तेल अवीवमा जन्मिएर न्यु जर्सीमा हुर्किएका अलेक्ज्यान्डर गाजाको सिमानामा एक इजरायली सेनाको विशेष दस्ता अन्तर्गत कार्यरत थिए।

गाजामा रहेका पाँच बन्धक अमेरिकी नागरिक भएको विश्वास गरिन्छ। अलेक्ज्यान्डर अन्तिम जीवित अमेरिकी नागरिक भएको ठानिन्छ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायली सैन्य आक्रमणबाट हालसम्म ५२ हजार ८२९ जना मारिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com