गाजामा भोकमरीको ‘भयावह सङ्कट’, लाखौं नागरिक अत्यन्त जोखिममा


प्रकाशित मिति : बैशाख २९, २०८२ सोमबार

गाजामा भोकमरी र कुपोषणका कारण स्थिति अत्यन्त गम्भीर बन्दै गएको छ । हालै सार्वजनिक गरिएको एक प्रतिवेदनअनुसार हरेक १० हजार जनामा कम्तीमा पाँच वर्षमुनिका चार जना बालबालिकाको दैनिक रूपमा मृत्यु भोक, कुपोषण तथा रोगको संयुक्त असरका कारण भइरहेको देखिएको छ ।

प्रतिवेदनले गाजाको करिब २२ प्रतिशत जनसङ्ख्या करिब चार लाख सतहत्तर हजार मानिस पूर्ण रूपमा भोकमरीको चरम अवस्थामा रहेको जनाएको छ । साथै, थप एक करोड जनसङ्ख्या पनि अत्यन्त गम्भीर खाद्य अभावमा छन्, जसले उनीहरूलाई गम्भीर कुपोषणको जोखिममा पुर्याएको छ ।

मानव कल्याणमा संलग्न संस्थाहरूका अनुसार हाल गाजा क्षेत्रको अवस्था युद्धको सुरुदेखिको सबैभन्दा गम्भीर अवस्थामा पुगेको छ । संयुक्त राष्ट्र सङ्घको मानवीय सहायता निकायले पोषण उपचारको खोजी गर्ने बालबालिकाको सङ्ख्या फागुन यता दोब्बर भएको जनाएको छ । तर, उपचारमा प्रयोग हुने सामग्री छिटो सकिँदै गएको छ ।

खाद्यान्नको अभावले धेरै सहायता संस्थाहरूले वितरण कार्यक्रमहरू बन्द गरिसकेका छन् । बजारमा आवश्यक खाद्य वस्तुहरू अत्यन्त महँगो भइसकेका छन्, जसले गर्दा साधारण नागरिकका लागि खरिद गर्न असम्भव भएको छ । खेतीयोग्य भूमि प्रायः नष्ट भइसकेको अवस्थामा पुगेको छ । इन्धनको अभावले पानी आपूर्ति पनि लगभग बन्द हुने अवस्थामा पुगेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com