सीमा सुरक्षाका लागि लडेका देवनारायण भारतीय प्रहरीबाट पक्राउ
प्रकाशित मिति : आश्विन १६, २०७४ सोमबार

सप्तरीको तिलाठीमा भारतीय पक्षको अतिक्रमण रोक्न लडेका देवनारायण यादवलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ ।
गएको वर्ष नेपाल–भारत सीमामा पर्ने तिलाठीमा भारतीय पक्षले एकतर्फी बाँध बनाउन खोज्दा देवनारायण नेतृत्वको नेपालीको समुहले विरोध गरेका थिए । एकतर्फी बाँध बनाउने भारतीयको तयारी रोक्ने क्रममा उनी घाइते समेत भएका थिए । यादवलाई आइतबार भारतीय बजार कुनौली गएका बेला भारतीय प्रहरीले पक्राउ गरेको बताइएको छ । देवनारायणलाई भारतीय प्रहरीले पक्राउ गरेपछि विरोधमा प्रदर्शन सुरु भएको छ ।