एनआरएन सम्मेलनमा अमेरिकाबाट प्रतिनिधि छनौटको विरोध


प्रकाशित मिति : १६ आश्विन २०७४, सोमबार

काठमाडौंमा हुने एनआरएन ग्लोबल सम्मेलनमा अमेरिकाबाट प्रतिनिधि छनौटको चर्को विरोध भएको छ । प्रतिनिधि छनौटमा अपनाइएको विधि र प्रकृयाको विरोध भएको हो ।

एनआरएन ग्लोबल सम्मेलनका लागि अमेरिकाबाट १ सय ८१ जना प्रतिनिधिहरुको छनौट गरिएको छ । प्रतिनिधि छनौटका लागि ३ सय ८९ जनाले आवेदन दिएका थिए ।

बाबुराम लामा, राधा पौडेल, प्रिती खत्री, विष्णु शाह, स्वराज खाती, गौरी जोशी, प्रमोद सिटौला र पासाङ लामाको ८ सदस्यीय समितिले प्रतिनिधीहरु छनौट गरेको हो ।

आवेदन समेत नदिएका र सम्मेलनमा सहभागी हुने रुची नभएकाहरुको नाम प्रतिनिधीहरुको सुचीमा राखिएको छ भने सम्मेलनमा उपस्थीति आवश्यक भएका कैयनको नाम सुचीमा समावेश छैन ।

एनआरएन अभियानमा लागेका वा नलागेका केही व्यक्तिका श्रीमान् श्रीमतिकै नाम प्रतिनिधिहरुको सुचीमा राखिएकोमा पनि चर्को विरोध भइरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

साथै प्रतिनिधीमा छनौट कैयन व्यक्ति नेपालबाट माओवादीले लखेटेको भन्दै अमेरिकामा शरणार्थीका रुपमा रहेकाहरु छन्, जुन अमेरिकाबाट सिधा नेपाल आउन समेत पाउँदैनन् । नेपालमा राजनीतिक वा अन्य खतरा रहेको भन्दै एसाइलम गरेकाहरु नेपालमा आउँदा उनीहरुले अमेरिकामा प्राप्त गरेको कानुनी हैसियत समेत जोखिममा पर्नसक्छ ।

प्रतिनिधिहरुको सुची

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com