अष्ट्रेलियामा प्रधानमन्त्री अल्बानेजी नेतृत्वको लेबर पार्टीको ऐतिहासिक जित
प्रकाशित मिति : बैशाख २०, २०८२ शनिबार
अष्ट्रेलियामा भएको संसदीय चुनावमा प्रधानमन्त्री एन्थोनी अल्बानेजी नेतृत्वको लेबर पार्टीले ऐतिहासिक जित हात पारेको छ ।
यो उसको दोस्रो जित हो । यो जित संगै अल्बानेजीले दोस्रो कार्यकाल सुनिश्चित गरेका छन । यसअघिका सत्तारूढ दलहरूले लगातार जित हात पार्न सकिरहेका थिएनन ।
अल्बानेजीको दक्षिणपन्थी सरकारले आफ्नो बहुमत उल्लेखनीय रूपमा बढाएको छ । विपक्षी लिबरल नेसनल गठबन्धनले देशव्यापी रुपमा ठुलो पराजय भोगेको छ ।
अष्ट्रेलियन जनताले निष्पक्षता, आकांक्षा र सबैका लागि अवसर, विपत्तिमा साहस देखाउने शक्ति र आवश्यक परेमा दया देखाउने मूल्यहरूको पक्षमा मतदान गरेका अल्बानेजीले विजय भाषणमा भनेका छन ।
विपक्षी नेता पिटर डटनले आफ्नो २४ वर्ष लामो संसदीय सिट समेत गुमाएका छन् । यो पराजयको पूर्ण जिम्मेवारी लिँदै आफ्ना सांसदहरू समक्ष माफी मागेका छन्।
अष्ट्रेलियाको ट्रम्प भनेर डटनको आलोचना प्राय गरिन्थ्यो । उनको आप्रवासन, सार्वजनिक सेवा कटौती र चीनसँगको सम्बन्धमा ट्रम्प शैलीको दृष्टिकोण मतदाताहरुलाई मन नपरेको देखिएको छ ।
अल्बानेजी २० वर्षपछि लगातार दुईपटक चुनाव जित्ने पहिलो प्रधानमन्त्री बनेका छन् । लेबर पार्टी ८६ सिटमा जिततर्फ अग्रसर छ । विपक्षी गठबन्धन करिब ४० सिटमा सिमित छ ।
यो परिणाम अल्बानेजीको लागि उल्लेखनीय पुनरागमन हो । वर्षको सुरुवातमा उनको लोकप्रियता ऐतिहासिक न्यून तहमा थियो । तर अहिले उनी जनमतको भरोसा जित्न सफल भएका छन्।
उनको विजय भाषणमा स्वास्थ्य सेवा, घर खरिद क्षमता, वातावरणीय संरक्षण र जलवायु परिवर्तनप्रति सरकारको प्रतिबद्धता दोहोर्याइएको छ । उनले स्वदेशी समुदायसँगको मेलमिलाप प्रक्रिया अघि बढाउने वाचा पनि गरेका छन ।
अब यो बहुमतलाई उपयोग गर्दै लेबर पार्टीले ठूला निर्णय लिने साहस देखाउने हो या होइन भन्ने प्रश्न उठेको छ । अष्ट्रेलियाली जनताले परिवर्तन भन्दा स्थायित्व रोजेका देखिएको छ ।






