युक्रेनसँग खनिज सम्झौतापछि अमेरिकी अर्थमन्त्रीको प्रतिक्रिया – एक पूर्ण आर्थिक साझेदारी


प्रकाशित मिति : बैशाख १८, २०८२ बिहीबार

अमेरिका र युक्रेनले बुधबार एक महत्वपूर्ण खनिज सम्झौतामा हस्ताक्षर गरेका छन्, जसले अमेरिकालाई युक्रेनका नयाँ खनिज सम्झौताहरूमा प्राथमिकता र युक्रेनको पुनर्निर्माणमा लगानीको अवसर प्रदान गर्नेछ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले यो सम्झौतालाई एक पूर्ण आर्थिक साझेदारीको रूपमा वर्णन गरेका छन् । उनले भनेका छन, ‘यसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रूससँग अझ बलियो आधारमा वार्ता गर्न सक्षम बनाउनेछ।’

फक्स बिजनेस नेटवर्कसँगको अन्तर्वार्तामा बेसेन्टले भने, ‘यो सम्झौताले रूसी नेतृत्वलाई युक्रेनी र अमेरिकी जनताबीच, हाम्रा लक्ष्यहरूबीच कुनै अन्तर नरहेको स्पष्ट सन्देश दिन्छ। युक्रेनीहरू समृद्ध नभए अमेरिकी जनताले पनि आर्थिक लाभ लिन सक्दैनन्। अब हामी आर्थिक रूपमा पूर्ण रूपमा एकजुट छौं।’

यो सम्झौता केवल दुर्लभ खनिजहरूमा मात्र सीमित छैन, यसले पूर्वाधार र ऊर्जा क्षेत्रलाई समेत समेट्छ। बेसेन्टले थपे, ‘यहाँ दुवै पक्षलाई जित्ने अवसर छ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सम्झौताले युक्रेनको पुनर्निर्माणका लागि संयुक्त लगानी कोष स्थापना गरेको छ, जुन ट्रम्पले रूसको तीन वर्षदेखिको युद्धमा शान्ति सम्झौता सुनिश्चित गर्न खोजिरहेको सन्दर्भमा महत्वपूर्ण छ।

युक्रेनकी अर्थमन्त्री युलिया स्वाइरिडेन्कोले हस्ताक्षर गरेपछि सामाजिक सञ्जालमा लेखिन्, ‘यो सम्झौताले युक्रेनको स्वामित्व र खनिज स्रोतहरूमा नियन्त्रण कायम राख्छ। युक्रेनले नै के र कहाँ उत्खनन गर्ने भन्ने निर्णय गर्नेछ।’

यो सम्झौता महीनौंसम्मको तनावपूर्ण वार्ता र अन्तिम घडीको अवरोधपछि वाशिंगटनमा हस्ताक्षर भएको हो। युक्रेनका प्रधानमन्त्री डेनिस श्मिहालले भने, ‘यो सम्झौता समान र लाभकारी छ, जसले हाम्रो अर्थतन्त्र र सुरक्षा बलियो बनाउनेछ।

यो सम्झौताले युक्रेनको पुनर्निर्माणमा निजी लगानी आकर्षित गर्ने अपेक्षा गरिएको छ, जसमा तेल, ग्यास र महत्वपूर्ण खनिजहरूको उत्खनन समावेश छ।

युक्रेनले विश्वको लगभग ५ प्रतिशत महत्वपूर्ण खनिज स्रोतहरू राख्छ, जुन इलेक्ट्रोनिक्स, स्वच्छ ऊर्जा प्रविधि र हतियार प्रणालीका लागि आवश्यक छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com