अमेरिकी दूतावासको चेतावनी – भिसा आवेदनका लागि नक्कली कागजात बुझाउनु गम्भीर गल्ती


प्रकाशित मिति : बैशाख १७, २०८२ बुधबार

काठमाडौंस्थित अमेरिकी राजदूतावासले भिसा आवेदनका लागि नक्कली कागजात बुझाउनु गम्भीर गल्ती रहेको बताएको छ । बुधबार सामाजिक सञ्जालमार्फत राजदूतावासले भिसा आवेदनका लागि नक्कली कागजात बुझाउनु गम्भीर गल्ती रहेको बताउँदै यस्तो गरेमा भिसाका लागि अयोग्य ठहरिन चेतावनी दिएको हो । दूतावासले अमेरिकी विदेश मन्त्रालयले भिसा प्रणाली सुरक्षित राख्न र देशको सुरक्षाको रक्षा गर्न कडा जाँच र सुरक्षा प्रक्रिया अपनाएको समेत स्मरण गराएको छ ।

अमेरिकी राजदूतावासले भनेको छ, “भिसा आवेदनका लागि नक्कली कागजात बुझाउनु गम्भीर गल्ती हो । यस्तो गरेमा भिसाका लागि अयोग्य ठहरिन सकिन्छ । अमेरिकी विदेश मन्त्रालयले भिसा प्रणाली सुरक्षित राख्न र देशको सुरक्षाको रक्षा गर्न कडा जाँच र सुरक्षा प्रक्रिया अपनाएको हुन्छ ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आप्रवासन नीतिलाई कडा बनाएपछि राजदूतावासले पछिल्लो समय सचेतना र चेतावनी जारी गर्ने गरेको छ । राजदूतावासले अमेरिकी भिसा प्रक्रिया विश्वमै सबैभन्दा सुरक्षित रहेको स्मरण गराउँदै आएको छ । राजदूतावासले यसअघि पनि कतिपय व्यक्तिले नक्कली कागजात प्रयोग गर्ने, भिसा निवेदनमा झुटा विवरण भर्ने तथा भिसाको अवधि सकिएपछि पनि अमेरिकामै रहेर प्रणालीविरुद्ध छल गर्ने अविवेकपूर्ण प्रयास गर्ने गरेको भन्दै भिसासम्बन्धी ठगी र एउटा गम्भीर अपराध भएको बताएको थियो ।

राजदूतावासले भिसासम्बन्धी ठगी गर्नेलाई दण्डित गरिने र अमेरिका प्रवेश गर्ने अनुमति फेरि कहिल्यै पनि नदिइने चेतावनी दिएको थियो । दूतावासले भनेको थियो, “अमेरिकी भिसा प्रक्रिया विश्वमै सबैभन्दा सुरक्षित छ । तथापि कतिपय व्यक्ति नक्कली कागजात प्रयोग गरेर, भिसा निवेदनमा झुटा विवरण भरेर अथवा भिसाको अवधि सकिएपछि पनि अमेरिकामै रहेर उक्त प्रणालीविरुद्ध छल गर्ने अविवेकपूर्ण प्रयास गर्छन् । यो भिसासम्बन्धी ठगी र एउटा गम्भीर अपराध हो । भिसासम्बन्धी ठगी गर्नेलाई दण्डित गरिनेछ र उसलाई अमेरिका प्रवेश गर्ने अनुमति फेरि कहिल्यै पनि नदिइने हुनसक्छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राजदूतावासले यसअघि अमेरिकी कानुन उल्लङ्घन गरे भिसाको स्थितिमा गम्भीर असर पर्ने पनि चेतावनी दिएको थियो । दूतावासले अमेरिकी कानुन उल्लङ्घन गरी पक्राउ परेको खण्डमा भिसा रद्द हुन सक्ने चेतावनी दिएको थियो । साथै, अमेरिकाबाट फर्काइने र भविष्यमा भिसा नपाउने अवस्था सिर्जना हुन सक्ने भन्दै सचेत गराएको थियो । अमेरिकी नियमहरूको पालना र यात्रालाई जोखिममा नपार्न दूतावासले पटक पटक आग्रह गर्दै आएको छ । दूतावासले अमेरिकी भिसा अधिकार होइन भई सुविधा रहेको समेत स्मरण गराउँदै आएको छ ।

केही दिन अघि राजदूतावासले भनेको थियो, “अमेरिकी कानुन उल्लङ्घन गर्नु भएमा त्यसले तपाईँको भिसाको स्थितिमा गम्भीर असर पार्न सक्छ। यदि तपाईँ पक्राउ पर्नु भयो वा कुनै कानुन उल्लङ्घन गर्नु भयो भने तपाईँको भिसा रद्द हुन सक्छ, तपाईँलाई अमेरिका बाट फर्काइनेछ र भविष्यमा भिसा नपाउने पनि हुन सक्छ। नियमहरू पालना गर्नुहोस् र तपाईँको यात्रा जोखिममा नपार्नुहोस्। अमेरिकी भिसा अधिकार होइन यो सुविधा हो ।”

अमेरिकी दूतावास काठमाडौंले गैर कानुनी रूपमा अमेरिकी सीमासम्म पुग्ने यात्रा खतरनाक रहेको बताउँदै आएको छ । सामाजिक सञ्जालमार्फत दूतावासले गैर कानुनी रूपमा अमेरिका प्रवेश गर्ने खतरनाक यात्राले सुरक्षा र जीवनलाई समेत जोखिममा पार्ने भन्दै समेत गराउँदै आएको छ । आपराधिक समूह, कार्टेल र मानव बेचबिखनकर्ताहरूले गैर कानुनी आप्रवासीहरूलाई निसानामा पार्ने र हिंसा, रकम असुली तथा आक्रमणको सिकार बनाउने भन्दै दूतावासले सचेत गराउने गरेको छ ।

दूतावासले केही दिनअघि सामाजिक सञ्जालमा लेखेको छ, “गैर कानुनी रूपमा अमेरिकी सीमासम्म पुग्ने यात्रा खतरनाक छ । गैर कानुनी रूपमा अमेरिका प्रवेश गर्ने खतरनाक यात्राले तपाईँको सुरक्षा र जीवनलाई समेत जोखिममा पार्छ । आपराधिक समूह, कार्टेल र मानव बेचबिखनकर्ताहरूले गैर कानुनी आप्रवासीहरूलाई निसानामा पार्छन् र हिंसा, रकम असुली तथा आक्रमणको सिकार बनाउँछन् ।”

दूतावासले गैर कानुनी रूपमा अमेरिकी सीमासम्म पुग्ने यात्राको प्रयास गर्ने धेरै जना आफ्नो गन्तव्यमा कहिल्यै नपुग्ने बताउँदै यसले उनीहरूका परिवारमाथि थप आर्थिक कठिनाइ र बदनामी निम्त्याउने उल्लेख गरेको छ । “यो यात्राको प्रयास गर्ने धेरै जना आफ्नो गन्तव्यमा कहिल्यै पुग्दैनन्, जसले उनीहरूका परिवारमाथि थप आर्थिक कठिनाइ र बदनामी निम्त्याउँछ ।”, दूतावासले लेखेको छ ।

दूतावासले गैर कानुनी रूपमा अमेरिका प्रवेश गर्न प्रयासरत व्यक्तिहरूलाई अमेरिकी सीमासम्म पुग्नुअघि नै रोक्न र फिर्ता पठाउन अमेरिकाले पश्चिमी गोलार्धका अन्य देशहरूसँग सहकार्य गरेको जनाएको छ । यस्तै, अमेरिकी सिमानालाई मजबुत बनाई आफूहरू अमेरिकी नागरिकहरूको सुरक्षा गर्ने र गैर कानुनी आप्रवास तथा मानव बेचबिखनले निम्त्याउने पिडाको रोकथाम गर्ने समेत दूतावासले जनाएको छ ।

दूतावासले भनेको छ, “गैर कानुनी रूपमा अमेरिका प्रवेश गर्न प्रयासरत व्यक्तिहरूलाई अमेरिकी सीमासम्म पुग्नुअघि नै रोक्न र फिर्ता पठाउन अमेरिकाले पश्चिमी गोलार्धका अन्य देशहरूसँग सहकार्य गर्दै छ । हाम्रा सिमानालाई मजबुत बनाई हामी अमेरिकी नागरिकहरूको सुरक्षा गर्छौँ र गैर कानुनी आप्रवास तथा मानव बेचबिखनले निम्त्याउने पिडाको रोकथाम गर्छौँ ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com