विश्वविद्यालयमा खर्च भएको विदेशी अनुदानको अनुसन्धान गर्ने ट्रम्प प्रशासनको तयारी


प्रकाशित मिति : बैशाख १२, २०८२ शुक्रबार

Berkeley

अमेरिकाको ट्रम्प प्रशासनले युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्के्लीलाई विदेशी स्रोतबाट प्राप्त अनुदानको खुलासा नगरेको आरोप लगाएको छ।

अमेरिकी शिक्षा मन्त्रालयले बर्के्ली विश्वविद्यालयको विदेशी अनुदानको पारदर्शीतामा अनुसन्धान सुरु गरेको जनाएको छ ।

यो अनुसन्धान १९६५ को उच्च शिक्षा ऐनको धारा ११७ अन्तर्गत गरिने बताइएको छ । यो धाराले २५०,००० डलरभन्दा बढीको विदेशी स्रोतबाट प्राप्त अनुदान र सम्झौताहरूको खुलासा गर्नुपर्ने व्यवस्था गरेको छ ।

बर्के्ली विश्वविद्यालयले चीनको त्सिङह्वा विश्वविद्यालयसँगको साझेदारीमा २०१४ मा स्थापना गरेको त्सिङह्वा बर्के्ली शेनझेन इन्स्टिच्युटमा विदेशी सरकारबाट प्राप्त गरिएको २२० मिलियन डलरको अनुदान सार्बजनिक नगरेको आरोप छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

यस साझेदारीले रणनीतिक उदीयमान उद्योगहरूमा अनुसन्धानमा केन्द्रित थियो । यद्यपि, बर्के्ली विश्वविद्यालयले कुनै गलत कार्य नगरेको दाबी गरेको छ । यसअघि भएका संघीय जाँचसँग सहयोग गरेको जनाएको छ ।

शिक्षा मन्त्रालयका मन्त्री लिन्दा म्याकमाहनले मन्त्रालयले बर्के्ली विश्वविद्यालयसँगको विदेशी स्रोतबाट प्राप्त महत्त्वपूर्ण अनुदानको पूर्ण र सही खुलासा नगरेको देखिएको बताइन ।

त्यसकारण यसको गहिरो जाँच सुरु गरिन लागिएको हो उनले भनेकी छन । यस अनुसन्धानले विश्वविद्यालयहरूको विदेशी प्रभाव र राष्ट्रिय सुरक्षा सम्बन्धी चिन्ताहरूलाई उजागर गरेको छ ।

अनुसन्धान ट्रम्प प्रशासनको विश्वविद्यालयहरूमा विदेशी प्रभावको अनुगमन र नियन्त्रण गर्ने व्यापक योजनाको हिस्सा हो ।

यसअघि हार्भर्ड विश्वविद्यालयसँग पनि यस्तै अनुसन्धान सुरु गरिएको थियो । शिक्षा मन्त्रालयले यसअघि बाइडन प्रशासनले यस विषयमा पर्याप्त निगरानी नगरेको आरोप लगाएको छ ।

बर्के्ली विश्वविद्यालयले यस विषयमा थप टिप्पणी गरेको छैन । तर, यस अनुसन्धानले अमेरिकी विश्वविद्यालयहरूको विदेशी स्रोतबाट प्राप्त अनुदानको पारदर्शिता र सार्वजनिक हुनुपर्नेमा थप ध्यानाकर्षण गरेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com