अमेरिका र युक्रेनले जतिसक्दो चाँडो खनिज सम्झौतामा हस्ताक्षर गर्नुपर्छ : अर्थमन्त्री बेसेन्ट


प्रकाशित मिति : बैशाख ११, २०८२ बिहीबार

US-TREASURY-SECRETARY-SCOTT-BESSENT-ADDRESSES-THE-INTERNATIONAL

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले युक्रेनका प्रधानमन्त्रीलाई दुवै मुलुकले महत्त्वपूर्ण स्रोत निष्कासन सम्झौतामा ‘जतिसक्दो चाँडो’ हस्ताक्षर गर्नुपर्ने बताएका छन् ।

युक्रेनी प्रधानमन्त्री डेनिस स्मिहल शनिबारसम्म संयुक्त राज्य अमेरिकाको भ्रमणमा थिए । उनको उद्देश्य अमेरिकालाई युक्रेनी स्रोत र दुर्लभ खनिजको खनन मुनाफाबाट रोयल्टी भुक्तानी दिन एक सम्झौता गर्नु थियो ।

सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि आफ्ना पूर्ववर्ती जो बाइडेनले युक्रेनलाई दिएको सहायताको क्षतिपूर्तिका रूपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यो सम्झौता चाहान्छन् ।

तर, फेब्रुअरीमा ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोदिमर जेलेन्स्कीबीचको टकरावले सम्झौताको काममा अवरोध सिर्जना गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अर्थ मन्त्रालयको संक्षिप्त विवरण अनुसार बेसेन्टले बुधबार स्मिहललाई ‘प्राविधिक वार्ता समाप्त गर्ने र संयुक्त राज्य अमेरिका र युक्रेनबीच आर्थिक साझेदारीमा जतिसक्दो चाँडो हस्ताक्षर गर्ने आवश्यकता’ बारे बताए ।

विवरण अनुसार बेसेन्टले दुई पक्षबीचको वार्तालाई ‘अत्यधिक फलदायी’ भनेका छन् ।

अमेरिकाले युक्रेनलाई शान्ति सम्झौता स्वीकार गर्न हप्तौँदेखि दबाब दिएको छ । उक्त सम्झौताले अहिले रुसको कब्जामा रहेको आफ्नो केही क्षेत्र छोड्न किएभलाई बाध्य पार्न सक्छ ।

वासिङ्टनले रुस र युक्रेनबीच चाँडै सहमति नभए शान्ति वार्ताबाट बाहिरिने धम्की दिएको छ ।

बिहीबार बिहानै मस्कोले किएभमा क्षेप्यास्त्र आक्रमण गर्नुभन्दा केही घण्टाअघि ट्रम्पले बुधबार उनको विश्वासमा रुसले शान्ति सम्झौताको आफ्नो भाग स्वीकार गरेको बताएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com